लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका आकर्षक पर्यटकीय स्थल (तस्वीरसहित)

IMG

तिलोत्तमा सिटी,१२ असोज २०७८।नेपालकै प्रसिद्ध बुद्ध जन्मस्थल रूपन्देहीको सुगम नगरपालिका तिलोत्तमा आफैमा सुन्दर तथा अक्षतभुमि हो। पुर्वमा रोहिणी नदि कलकल बगेकी छिन भने पश्चिममा तिलोत्तमा अप्सरा निरन्तर बगिरहेको छिन। दक्षीण बुद्धभूमिको प्रवेशद्वार रहेको तिलोत्तमाको उत्तरमा ऎइतिहासिक स्थल बुटवल अबस्थित छ। समग्र रुपन्देही जस्तै तिलोत्तमा भित्र पनि विभिन्न पर्यटकीय स्थलहरूको आफ्नै सुन्दरता रहेका छन् । प्रमुख कृषि ब्यापार उद्योग र स्वास्थ्य शिक्षा सुचनाको क्षेत्रमा अब्बल मानिएको तिलोत्तमामा मानिसको व्यस्त जीवनशैलीका बावजुत पनि आन्तरिक तथा बाह्य पर्यटकको आँखा तिलोत्तमा पर्दछ। मुख्यत: सबैभन्दा चर्चित पर्यटकिय स्थलहरुमा तिलोत्तमाको शंकरनगर बनबाटिका, बनबाटिका भ्यु टावर,कुन्जपार्क, बाऊन्नकोटी मन्दिर तथा पार्क, नन्द भाउजु ताल, सुख-शान्ति बौद्ध बिहार, हरियाली पार्क, शहिद स्मृति पार्क, तिलोत्तमा पार्क, बिपी पार्क, हात्ती पार्क, निर्माणाधीन रोहिणी जलाशय ( मिनी फेवाताल ),गौशाला गणेशनगर रहेका छन् । 



त्यसो त तिलोत्तमाका धार्मिक स्थलमा श्रीङ्गेश्वर धाम, सरस्वति पंचायन मन्दिर, बैदिक आश्रम, देबिस्थान मन्दिर, बौद्ध बिहार करौजिया, मोक्षधाम ,अन्तराष्ट्रिय बौद्ध परियात्ति उदय बिहार, ऎतिहासिक कुमारबर्ती कुवा, बिन्दबासिनी धाम, बासघारी मन्दिर, विभिन्न बौद्ध गुम्बा, विभिन्न मठ मन्दिर लगायतका रहेका छन। यहाँका विभिन्न होटल रिसोर्ट तथा होम स्टेहरुले पनि आन्तरिक तथा पर्यटक तानिरहेको छ। शैक्षिक जगतमा सुनौलो नगर मानिएको तिलोत्तमा मा अब्बल शैक्षिक सस्थाहरु स्थापित छन्।  स्वास्थ्यको क्षेत्रमा समेत उल्लेखनिय प्रख्यात अस्पताल हरु रहेको यस नगर सबै तबरले सुगम मानिन्छ।  यहाका आत्मनिर्भर कृषि, पशुपालन, अस्ट्रिज उत्पादन, विभिन्न पशुपन्छी फार्म, आलु,तरकारी, माछा, गहु, धान, मकै पकेट क्षेत्रले समेत अबलोकन कर्ताहरु तानेको देखिन्छ।

  



तिलोत्तमा नगरपालिकाले त्यस्ता स्थानहरुको पहिचान गरि त्यसको संरक्षण , सम्बर्द्दन र प्रचार प्रसारको लागि अग्रसर रहेको र सबै नगर बासीहरुको सहयोगमा त्यसको ब्यबस्थापनका लागि सधै अग्रसर रहेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ।  भोलीको पर्यटक भित्र्याउने मूल ढोकाको रुपमा रहेको पर्यटकीय क्षेत्रको संरक्षण सम्बर्द्धन र ब्यबस्थापनमा नगरपालिका एकबद्ध भै अघि बढेको उहाको भनाई छ। पौराणिक कालमा सबैभन्दा राम्री अप्सराको नाम बाट राखिएको नाम तिलोत्तमा आफैमा एउटा सुन्दर भुमि हो। यसको गरिमा बचाउन र बिकाशका खुड्किला हरु चढ्न र भएका ऎतिहासिक, धार्मिक, पौराणिक, विभिन्न जात जातिका भेषभुषा, रहनसहन, रितिरिवाज, बाँझो जमिनको संरक्षण र सम्बर्धन , जनशक्तिको उच्च परिचालन र यहाका पार्कहरुको उचित ब्यबस्थापन र त्यस्ता क्षेत्रको जगेर्ना गर्न हामी आफ्नो ठाउबाट कम्मर कसेर लाग्नुपर्ने देखिन्छ। 



कमेन्ट गर्नुहोस्