लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्रामका समाजसेवी केशवमणीको निधन

IMG

तिलोत्तमा सिटी,९ असोज २०७८। मणिग्रामका रचयिता एतिहासिक व्यक्तित्व स्व• सरदार राममणि आदिका कान्छा सुपुत्र केशव मणि आदिको गत अशोज ४ गते निधन भएको छ। रुपन्देहीको तिलोत्तमा ५,मणिग्राम निवासी गिरिशमणि आचार्य दिक्षित र तारकमणि आचार्य दिक्षितका पिता यस क्षेत्रका समाजसेवी, दानविर, धार्मिक धरोहर, सालिन एवम भद्र व्यक्ति केशव मणि आदिको हृदयघातबाट मृत्यु भएको हो।


उपचारको क्रममा भएको उहाको निधनप्रति यस क्षेत्रका बुद्धिजीवी एबम सामाजिक व्यक्तिहरुले दु:ख ब्यक्त गरेका छन्। समाजिक कुरीति कुसस्कारका बिरुद्ध निरन्तर लागिरहेका आदि सामाजिक बिकाश र समाजसेवामा निरन्तर लागिपरेका व्यक्ति हुन्।  उनकै बुवाको नाम बाट यस मणिग्रामको नाम रहेको यस क्षेत्रका दिग्गजहरु बताउछन। दिबंगत केशवमणि आचार्य दिक्षित प्रति तिलोत्तमा सिटीको तर्फबाट  हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं ।साथै वहॅाको आत्माको वैकुण्ठ वासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौ !

कमेन्ट गर्नुहोस्