
तिलोत्तमा सिटी,७ असोज २०७८। यसअघी ५ बर्ष सभापति सम्हालेका तिलोत्तमा-८ करहिया निवासी हरिलाल पाण्डेले नेपाली कांग्रेस रुपन्देहीको तिलोत्तमा नगर समितिको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। आफ्नो प्यानल सहित आएका उनि राजनीतिमा आफुलाई उमेरले नछेक्ने बताएका छन्। उमेरले ७० कटेका पाण्डे यसअघी पनि नगर सभापतिमा रहेका थिए। यो संगै नगर सभापतिमा नारयाण न्यौपाने, हरि प्रसाद तिवारीसंग ३ जनाको उम्मेदवारी परेको छ। तर कसको पोल्टामा नगरसभापतिको पगरी जाने हो त्यो भने पालिका अधिबेशन अशोज ९ गतेले बताउछ।
अबको नेपाली कांग्रेस भनेको तिलोत्तमामा युवाको नेतृत्व हुनुपर्ने भन्दै तिलोत्तमा नगरपालिकाको स्थानिय चुनावमा समेत भारि मतले बिजयी बनेका तिलोत्तमा-९ का वार्ड अध्यक्ष समेत रहेका नारायण न्यौपानेले सोहि पदका लागि उम्मेद्वारी दिएका छन्।भने हरिलाल पाण्डेले तिलोत्तमाको स्थानिय चुनावमा वडा अध्यक्षमा भारि मतले पराजित खेपेका थिए। उमेरले ७० काटेका पाण्डेले एक कार्यकाल सकाएका छन् भने उनको नेतृत्वमा रहेका बखत आगामी चुनावका लागि नगरमा वार्ड प्रतिनिधि र क्षेत्रिय प्रतिनिधिमा समेत विभिन्न टिका टिप्पणि आएका समाचार बजारमा छ्याप्छ्याप्ती आएका छन्।
आफु निर्बाचित भएपछी सबै अग्रजलाई सम्मान गर्दै युवा र महिलाको हक अधिकार र पार्टिलाइ गतिशील बनाउन आफु प्रयत्नशिल रहेको बताउदै उम्मेदवार न्यौपानेले तिलोत्तमालाई कांग्रेसमय बनाउने र आगामी स्थानिय चुनावमा समेत कांग्रेसलाइ पहिलो पार्टी बनाउने अभियानमा आफु लागेको बताएका छन्। त्यसो त अर्का उम्मेदवार हरिलाल पाण्डेयले राजनीति जोश मात्र भएर नचल्ने हुदा होसमा आउन आग्रह समेत गरेका छन्। १० बुंदे योजना सहित चुनाव प्रक्रियामा उम्मेद्वारी दिएर पत्रकार सम्मेलन गरेका पाण्डेले नगरमा फेरी आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन्।
नगरपालिकाको मात्र नभएर आफ्नो वार्ड सधै उत्कृस्ट काम गर्नेमा पुरष्कृत भएको र केन्द्रबाट समेत हालसम्म ६७ करोड भन्दा बढी बजेट भित्र्याएर नगरको बिकाशमा योगदान गरेको बताउदै अर्का सभापतिका प्रत्याशी नारायण न्यौपानेले आफ्नो जित समग्र कांग्रेसीको जित भएकोले कुनै पनि लोभ लालच र प्रलोभनमा नफस्न आग्रह गर्दै नगरको समग्र जित आफ्नो पोल्टामा पर्ने बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा समुहबाट नगर सभापतिमा हरिलाल पाण्डेको नेतृत्वमा उपसभापतिमा कल्याण पौडेल, माया चौधरी, सचिव प्रदिप थापा, हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले कार्यक्रमको उद्घाटन गर्दै प्रजातान्त्रिक पद्धति अनुसार नै पार्टीलाई चुस्त दुरुस्त बनाइने बताएका थिए।कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य प्रेम खरेल, गंगा शाही, शिव नेपाल, चित्र केसी, मनोरमा शेरचन, कुल प्रसाद लामिछाने, चिरन्जिवि पौडेल, तरुण दल रुपन्देही जिल्लाका कोषाध्यक्ष बासु बश्यालले शुभकामना दिएका थिए , भने सचिव शिव गैरेले कार्यक्रमको संचालन गरेका थिए।
कमेन्ट गर्नुहोस्