
तिलोत्तमा सिटी,८ असोज २०७८। देश अहिले नेपाली कांग्रेसको अधिबेशनले तातिरहेको छ। नेपाली कांग्रेसको पालिका अधिबेशन यहि अशोज ९ गते सम्पन्न हुदैछ। त्यसो त तिलोत्तमा नगरपालिकालाइ पनि यो अधिबेशनको सरगर्मीले नछोएको होईन। यस नगरपालिकामा झन् नगर सभापतिका लागि ३/३ जना उम्मेद्वारी परेकोले पनि अझै यहा चुनावी अभियान झनै तातिरहेको छ। उधोग बाणिज्य संघ तिलोत्तमाको प्रांगणमा यहि अशोज ९ गते हुन गैरहेको सो अधिबेशनमा तिलोत्तमा भरिका कांग्रेस क्षेत्रिय प्रतिनिधि र कार्यकर्ताको उपस्थिति रहने छ।
त्यस चुनावका लागि प्रत्याशी उम्मेदवार हुन् नारायण न्यौपाने। तिलोत्तमा नगरपालिकामा वडा नम्बर ९ बाट स्थानिय स्तरको चुनावमा भारि मत ल्याएर जिते। जसको फलस्वरूप तिलोत्तमा नगरमै उत्कृस्ट वडा समेत बनाउन सफल हुनुभयो। त्यति मात्रै होइन, नगरबाट पर्ने बजेट भन्दा भिन्नै प्रकारले केन्द्रिय बजेट समेत वडामा पारेर करोडौ भन्दा बढीको बिकाश योजनाहरु सम्पन्न गरिसकेका छन् भने केहि योजना अब सम्पन्न हुने तरखरमा छन्। आफु बिजयी भएको वडा मात्रै नभएर सबै नगरका स्थानिय बीच परिचित बनेका त्यस्ता व्यक्ति जसले , कोरोना महामारीमा समेत आफुलाई जनताको सेवामा अगाडी बढायो, वडाका गरिब जेहेन्दार पिछडिएका व्यक्तिहरुलाई सामाजिक सहयोग, यहाको बिकाशका कार्यमा सबैको समान पहुँच लगायतका कार्यमा अघि बढ्दै आएका नारायण न्यौपानेले अहिलेको अधिबेशनलाई प्रमुख लिएका छन्। स्थानिय स्तरको चुनावमा समेत भारि मत ल्याएर वडा नम्बर ९ मा बिजेता बनेका तथा यहि अशोज ९ गते हुने नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापतिका प्रत्याशी उम्मेदवार बिकाशप्रेमी नेता नारायण न्यौपानेसंग तिलोत्तमा सिटीका मोहन न्यौपानेले गरेको कुराकानी।
- नारायण जी यहालाई स्वागत छ , साथै अधिबेशनको सफलताको शुभकामना !
धन्यबाद ! साथै यस क्षेत्रकै लोकप्रिय अनलाइन तिलोत्तमा सिटी न्युज टिमलाई बिशेष धन्यबाद।
तिलोत्तमा नगर सभापतिमा उम्मेद्वारी दिनुभएको छ, कसरी पुग्नु भयो यहासम्म ?
- यो अहिलेको आवश्यकता हो , देशभरिनै युवाको नेतृत्व चाहेका हाम्रा कार्यकर्ता र हाम्रा संगठनहरुमा युवाहरुको बिशेस चासो रहेकाले अबको नेतृत्व युवाले नै लिनु पर्छ भनेर म यो उम्मेद्वारीमा आइपुगेको हो। अझ म त घोषणा पत्रमै भनेको छु युवा नेतृत्व एकपटकलाइ। भनेको म एकपटक भन्दा बढी नगर सभापतिमा फेरी उठ्ने हैन, अर्को नेपाली कांग्रेसकै नेताले अर्को कार्यकाल पाउने गरि म अगाडी बढ्दै छु, मलाई थाहा छ मेरो आशा र भरोशा अनि कांग्रेसको तिलोत्तमामा चलायमान गराउने अभियानमा सबैले साथ् दिनु हुनेछ।
- कांग्रेसमा गुट उपगुट भए भन्ने कुरा पनि सुनियो, उम्मेद्वारी पनि एउटै पदमा ३/३ जनाले दिनुभएको छ, के तपाइको उम्मेद्वारी पनि गुटगत हो ?
होइन , यसलाई मैले चिर्नकै लागि समग्र कांग्रेसकै लागि , तिलोत्तमामा अब कांग्रेस स्थानिय चुनावमा १० प्रतिशत मात्रै सहभागिता ल्याउन सक्यौ तर अब मेरो नेतृत्वले तिलोत्तमालाई गुटरहित कांग्रेसमय बनाउनमा प्रयत्नशिल छु, यसमा नेपाली कांग्रेसका जनता हाम्रा क्षेत्रिय प्रतिनिधि , कार्यकर्ताहरुले यो अभियानमा साथ दिनेछन्। जनताको मनोभावना अनुसार हामीले काम गर्न भनेर हाम्रो जुझारु युवाका साथ् हामी नेतृत्वमा होमिएका छौ , हामी अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्वमा ल्याउन दैनिक लागिरहेका छौ। हामीलाई साबिक ७ वटै गाबिस र तिलोत्तमा नगरपालिकाको १७ वटै वार्डका सबै कार्यकर्ताको जनभावना अनुसार हामी अगाडी बढेका हौ, त्यसैले यो जित युवाको सबल नेतृत्वको हुनेमा म बिश्वस्त छु।
-के गर्नुहुन्छ ? सभापतिको चुनाव जितेर ?
सर्बप्रथम हामीले ल्याएको अभियानले सफलता पाउछ युवाको नेतृत्वले नगर सम्हाल्ने अवसर पाउछन।अर्को कुरा नेपाली कांग्रेसको चलायमान पार्टी बनाउने अभियानमा हामी छौ, मेरो आफ्नै कुरा गर्ने हो भने तिलोत्तमा नगरपालिकाको स्थानिय चुनाव भारी मतले मैले जितिसकेपछि वार्ड नम्बर ९ को बिकाश र यहाका निर्माण कार्य, यहाका स्थानीयको जिबनस्तर उकास्ने लगायतका कुराले मात्र नभएर केन्द्रिय बजेट ब्यबस्थापन गरि वडा नम्बर-९ मा मात्र हैन वडा नम्बर-१७ सम्म बिपीबाटिकाको लागि समेत १६ करोड बजेट पारेका छौ , यस्तै बजेट तिलोत्तमा भित्र धेरै पारिएको छ।
- तपाइकै प्रतिद्वन्दी एक कार्यकाल सकी सक्नुभएका बर्तमान सभापति हरिलाल पाण्डे, अर्का उम्मेदवार हरि तिवारी पनि छन् नि ? तपाइको जित लाइ कसरी देख्नुहुन्छ ?
सर्बप्रथम म उहाँहरुप्रति सम्मान ब्यक्त गर्दछु, उहाकै छत्र छायामा हामीले राजनीति गर्यौ, तर एक कार्यकाल चलाइसक्नुभेको छ, उहाप्रति कुनै गुट उपगुटको भाव नराखी म एउटा समग्र कांग्रेसको पक्षमा उभिएको छु। अर्को कुरा म अहिले ४४ बर्ष पुगिरहदा अबको नेतृत्व युवाले नै लिनु पर्छ भनेर हाम्रो टिम ५० उमेर भित्रकै सबै वार्डबाट प्रतिनिधित्व हुने गरि हामीले जुझारु युवाहरु सहित अगाडी बढाएका छौ। उहाहरुलाई अब भोटभन्दा पनि उहाको सल्लाह सुझावमा हामीले कांगेसको नेतृत्व झल्किने गरि तिलोत्तमालाइ सबल कांग्रेसमय बनाउन हामी सबै मिलेर एकजुट हुनुपर्छ।
- तपाइलाइ मत किन दिने ?
सबल युवा नेतृत्वका लागि तिलोत्तमामा कांग्रेस छ भनेर चिनाउनको लागि हामीलाई मत दिने हो। म यसै अन्तरबार्ता मार्फत भन्न चाहन्छु अबको नेतृत्व यस अघिको कांग्रेसको स्थान र स्थानिय तहमा हाम्रो उपस्थितिलाई बदलेर नया नेतृत्वका साथ् युवाको रोजगाई यहाका शिक्षा स्वास्थ्य, उद्धमशिलता, महिलाको बिकाशसंगै पार्टीलाई बलियो बनाउन र पार्टीको उपस्थिति १ नम्बरमा ल्याउनका लागि हामी डटेर लाग्न खोजेका छौ यो अभियानामा सबै वडा बासिहरुले कांग्रेसको समग्र यो अभियानामा साथ् दिनुहुनेछ भन्ने बिश्वास छ। अर्को कुरा अशोज ९ गतेको हाम्रो यो गौरवशाली अधिबेशनमा चुनाव गोप्य हुने हो त्यसैले न हडबढाइकन मत खेर नफाल्नुहोला भन्न चाहन्छु। राम्रो मान्छे सबल मान्छे नेतृत्वमा बसेर समग्र नेपाली कांग्रेसको हित, हाम्रो पहिचान, र हाम्रो उपस्थितिलाई तिलोत्तमा नगरमा स्थापित गराउन सबै जुटेर लागौ भन्न चाहन्छु।
- अन्त्यमा, के भन्न चाहनुहुन्छ आफ्ना कार्यकर्ता, उम्मेदवार दिनुभएका नेतागण र तपाइलाइ मतदान गर्ने व्यक्तिलाई ?
मेरो एउटै बोली हो म बारम्बार भनेकै छु, उम्मेद्वारी दिने सबैको नैसर्गिक अधिकार हो, म अझै पनि सहमति सहकार्य गरौ भनेर अघि बढी रहेकै छु, मेरो तर्फबाट नेतृत्व युवाकै हुनुपर्छ भनेर लागेका छौ , त्यसैले उम्मेदवार बन्नु भएका अग्रज व्यक्तित्वहरुलाई पनि सम्मान र शुभेछ्या प्रकट गर्दै हामीलाई यो अभियानमा साथ् दिने सबै हाम्रा कार्यकर्ता दाजुभाई दिदिबाहिनी लगायत आमाबुवाहरुमा एकपटक युवालाई साथ् दिनुहोस, हामी पटक-पटक आउनेगरि आएका छैनौ यहाको साथले नेपाली कांग्रेसलाई एउटा उत्कर्षको बिन्दुमा पुर्याएर देखाउने बाचाका साथ् निर्बाचन प्रक्रियामा सहभागी भै यो अभियानलाई सफल पार्नुहुनेछ भन्ने आशा व्यक्त गर्दछौ।
- हस यहाको समय र विचारका लागि धन्यबाद, यहा र याहाको सिंगो टिमलाई शुभकामना छ।
धन्यबाद तपाइलाइ पनि , हाम्रो कुरा मिडियाको क्षेत्रबाट लोकप्रिय अनलाईन तिलोत्तमा सिटी न्युजमा राख्ने मौका दिनुभयो हाम्रो टिमको तर्फबाट तपाइको मिडियालाई समेत धन्यबाद।
कमेन्ट गर्नुहोस्