
तिलोत्तमा सिटी, ३१ भदौ २०७८। पोखरामा असोज २ गतेदेखि संचालनमा आउन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी हुन झरना स्पोर्ट्स क्लबका खेलाडी तथा सदस्य पोखरा प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा पहिलो पटक हुन लागेको राष्ट्रिय फुटसल लिगमा झरना स्पोर्ट्स क्लब यस क्षेत्रबाट सहभागी हुँदैछ। खेलको मिति नजिँकिएसँगै रुपन्देही तिलोत्तमा कुञ्जलापुरको झरना स्पोर्टस क्लबका खेलाडीहरु अभ्यासमा व्यस्त रहेको र खेलमा सहभागी हुने तयारि पुरा भएको जानकारी अध्यक्ष लोक पुनले दिए संगै क्लब शुक्रबार पोखरा प्रस्थान गरेको हो ।
झरना स्पोर्ट्स क्लबका सबै खेलाडी तथा हौसला बढाउन उपस्थित सदस्यहरुलाई एक कार्यक्रमका बिच सफल यात्राको शुभकामना दिइएको थियो। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले खेलाडी हरुलाई हौसला दिदै जितको शुभेच्छ्या समेत दिनुभएको थियो। उहाले यस ठाउँको शान गर्व गर्न लायक बनाउन महत्वपूर्ण भूमिका खेल्न सबै खेलाडी हरुलाई शुभकामना दिदै खेलमा जितको लागि आशा ब्यक्त गरेका थिए। खेलाडी देशका गहना भएको र आफ्नो ठाउँ सङ्गै देशको नाम माथी पुर्याउन खेलाडीको ठूलो भुमिका हुने भएकोले उनीहरुको आत्मविश्वासमा हौसला थप्न खेल जगतको बिकाश गर्न नगरपालिका कम्मर कसेर अघि बढेको नगर प्रमुख घिमिरेले बताउनुभएको छ। आगामी दिनहरुमा पनि खेल र खेलाडीहरुको लागि विभिन्न रचनात्मक कार्य गर्ने उहाँले बताउनुभएको छ।
सो बिदाई कार्यक्रममा क्लबका अध्यक्ष लोक पुन, सचिव मोहन चौधरी,कोशाध्यक्ष धनेन्द्र पौडेल, सल्लाहकार भिम बहादुर थापा, चेतमान थापा, टिम कोच निर्मल थापा, टिम म्यानेजर सिजन थापा, क्याप्टेन ओमप्रकाश थापा लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्