लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सडक तथा बेबारिसे बालबालिकाको पुन:र्स्थापना र पुन:र्मिलन गराउदै सृजनशील

IMG

तिलोत्तमा सिटी, २५ भदौ २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-९ मा रहेको सृजनशील सस्था नेपालले सडक तथा बेबारिसे बालबालिकासंग तिजको दिन मै तीजमिलन कार्यक्रम गरेको छ। सडक तथा बेबारिसे बालबालिकाका लागि पुनर्स्थापना र पुनर्मिलनको काम गर्दै आएको सस्थाले सामाजिक सहयोगबाट सो कार्य गर्दै आएको सस्थाकी कार्यक्रम प्रमुख प्रतिमा पन्थीले बताउनुभएको छ। सडक तथा बेबारिसे बालबालिकाको परिवार संग जमघट गराउन र पुनर्स्थापना एबम पुनर्मिलन गराउन दिनरात प्रयत्नशील भैरहेको बताउदै प्रमुख पन्थीले त्यस्ता बालबालिकालाई देखेमा या भेट्टाएमा सस्थामा सम्पर्क राख्न समेत आग्रह गर्नुभएको छ।    



विभिन्न सामाजिक सहयोग,तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग,सामाजिक बिकाश डिभिजन कार्यालय रुपन्देही,रास्ट्रिय बालअधिकार परिषद लगायतको सहयोग रहेको सस्थामा अहिले १८ बालक २ बालिका गरि २० जना बालबालिका रहेका छन्। मंगलापुर वडा नम्बर ९ स्थित  सैनिक पथमा रहेको सो सस्थालाई आर्थिक जिन्सी र भौतिक सहयोगको खाँचो रहेको सस्थाकी कार्यक्रम प्रमुख प्रतिमा पन्थीले बताउनुभयो।यस सस्थाले नि:शुल्क रुपमा मनोसामाजिक सेवा समेत उपलब्ध गराईरहेको भने बालबिबाह बिरुद्धमा समेत आफ्नो अभियानलाइ अगाडी सारेको छ । साथै महिनावारी स्वच्छन्दता र व्यवस्थापन सम्बन्धी तालिम तथा वातावरण मैत्री स्वास्थ्यबर्धक महिनावारी साम्राग्रि पनि वितरण गर्दै आएको छ। 

कमेन्ट गर्नुहोस्