
तिलोत्तमा सिटी, २५ भदौ २०७८। नेपाल लिडरसिप एकेडेमी र तिलोत्तमा नगरपालिकाको सहकार्यमा आर्थिक सुशासनका लागि नेतृत्व परियोजना सञ्चालन गर्ने भएको छ । आर्थिक समृद्धि, सुशासन र नेतृत्वमा अभ्यासमा आधारित नवप्रवर्तनको सोंचले सञ्चालन गर्न लागेको परियोजनाले जनप्रतिनीधि, कर्मचारीतन्त्र र सरकोकारवालाहरुको एकाकार सोंच, सामुहिक सिकाई र परिणाममुखी पहल मोडयूलहरुको अभ्यास गरिने छ । नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले अभिमुखिकरण गरिएको कार्यक्रममा परियोजना कार्यान्वयनार्थ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको संयोजकत्वमा १५ सदस्सिय निर्देशक समिति गठन भएको छ ।
कमेन्ट गर्नुहोस्