लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल स्वयंसेवी तिलोत्तमाकाे चाैथाे नियमित रक्तदान कार्यक्रम

tillotmacitynews - 2021 Sep 04 02:15 PM
IMG

तिलोत्तमा सिटी, १९ भाद्र २०७८, शनिवार । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाकाे आयोजनामा शनिबार चाैथाे नियमित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।तिलोत्तमा ३ श्रृजना चाेकमा गरिएको कार्यक्रममा ७९ युनिट रगत संकलन भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा वडा नं.३ का वडा अध्यक्ष टंकप्रसाद तिवारीले कार्यक्रमकाे उद्घाटन गर्दै टोलटोलमा रक्तदानको अभियानलाई युवाहरुमार्फत अघि बढाउनुका साथै रक्त तत्व व्यवस्थापनमा समाज थप सक्रिय हुनुपर्नेमा जाेड दिए ।


कार्यक्रममा समाजका जिल्ला शाखा अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले तिलाेत्तमा शाखाले मासिक रुपमा रक्तदान श्रृङखला  सञ्चालन गर्दै आएकाे तथा नयाँ रक्तदाताकाे अभिवृद्धिमा सक्रिय रहेको भन्दै प्रशंसा गरे । कार्यक्रममा समाजका सल्लाहकार अर्जुनप्रसाद पौडेल, जनज्योति क्लबका अध्यक्ष मित्रलाल न्याैपाने लगायतले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम रक्त सञ्चार सेवा केन्द्र बुटवलकाे प्राविधिक सहयाेगमा सम्पन्न भएकाे हाे ।स्थानीय व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरुकाे प्रायाेजनमा भएकाे उक्त कार्यक्रम समाजका तिलाेत्तमा शाखा अध्यक्ष गाेविन्द भुसालको अध्यक्षता, निर्मल उपाध्यायकाे संयाेजकत्व, सह-सचिव कमल भण्डारीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्