लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो

tillotmacitynews - 2021 Jul 18 05:11 PM
IMG

तिलोत्तमा सिटी,३ साउन २०७८,आइतवार। गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ ।जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । गत वर्ष सोही अवधिमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ८१.८५ प्रतिशत अर्थात् ११ लाख १९ हजार ९१.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।कृषि विभागका अनुसार यस वर्ष प्रदेश दुईको रोपाइँमा निकै ढिलाइ देखिएको छ । असारको अन्तिम दिनसम्म प्रदेश एकमा ६४.४८, प्रदेश दुईमा ६८.५४ र बागमती प्रदेशमा ७८.३५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।यस्तै गण्डकी प्रदेशमा ७२.४०, लुम्बिनी प्रदेशमा ८६.९४ र सुदूरपश्चिम प्रदेशमा ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।


कर्णालीमा सकियो

यो वर्ष असार ३१ गतेसम्म  कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ । प्रदेशमा गतवर्ष तीन लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ। यसवर्ष असार मसान्तसम्म गत वर्षजति क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ ।


प्रदेश दुईमा अधिक ढिलाइ

धानको मुख्य पकेट क्षेत्र प्रदेश दुईमा धान रोपाइँमा अहिलेसम्मकै ढिलाई भएको विभागले जनाएको छ । गत वर्ष असार ३१ गतेसम्म तीन लाख चार हजार ९७७.७५ ८३.४१ हेक्टर क्षेत्रफलमा प्रदेश दुईमा रोपाइँ भएको थियो ।सो प्रदेशमा यस वर्ष दुई लाख ५० हजार ५८२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । गत वर्षमा भन्दा  १४.८७ प्रतिशतले कमी हो ।पानी बढी परेर खेतमा पानी अधिक जमेका कारण केही ठाउँमा रोपाइँ प्रभावित भएको र केही स्थानमा ढिला रोपाइँ हुने धानको बिउका कारण रोपाइँ कम भएको विभागका सूचना अधिकारी डा. महादेव पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्