
असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रमा पनि अघिल्लो बर्षकै पाठ्यपुस्तक लागु गर्न निर्देशन गरेको छ। सोमबार एक सुचना जारि गर्दै नगरपालिकाले सबै सामुदायिक बिद्यालय तथा निजि स्तरका स्कुलमा अघिल्लो बर्षकै पाठ्यपुस्तकलाई बिद्यालयमा पठन पाठन गराउन निर्देशन गरेको हो। कोरोना महामारीबाट आक्रान्त देशको प्रतिकुलताका कारण सो निर्देशन गरिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले बताउनु भयो।
अघिल्लो बर्षको पाठ्यपुस्तकमा नेपालको नक्सामा कालापानी लिम्पियाधुरा र लिपुलेक नदेखिएको भएपनि अहिले सो नक्सा परिमार्जित भएको छ। बिद्यालयमा ति पुस्तक आउन केहि ढिलाइ हुने सरकारको अभिव्यक्ति हुदा स्थानिय तहले अघिल्लो बर्षकै पाठ्यक्रम लागु गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।असार देखि शैक्षिक सत्र शुरु गर्ने बताइएपनि कोरोना महामारिका कारण विद्यालयमै अहिले पठन पाठन शुरु गर्न नसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। आगामी शैक्षिक सत्रदेखि सबै बिद्यालयमा अघिल्लो बर्षकै पुस्तकद्वारा पठनपाठन हुने बताउदै सोहि अनुसार गर्न गराउन सम्बन्धित बिद्यालय शिक्षक अभिभावक र विद्यार्थीलाई नगरपालिकाले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्