लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नियमित रक्तदाता संघ नेपाल रुपन्देहीको आयोजनामा रक्तदान

IMG

तिलोत्तमा २०७८ बैशाख १८ गते शनिबार। नियमित रक्तदाता संघ नेपाल रुपन्देहीको आयोजनामा आज बुटवलमा रक्तदान भएको छ ।     कोभीडको संक्रमण बददै  जादा अस्पतालमा रगतको  अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको   संघका सचीव   महेश खनालले बताए । शुक्रबार बिहान ८बजे देखि सुरु भएको कार्यक्रममा ८५ जनाले रक्त दान गरेको संघका सदस्य तथा कार्यक्रम सम्योजक राजु रसाइलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाका बावजुद पनि रक्तदाता रक्त संचार केन्द्रमा पुगेका थिए ।


रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा समाजसेवि एम बि बिस्वकर्माले रक्तदान जस्तो पुन्य काम अन्य सेवाबाट मिल्न नसक्ने बताए ।  संघले नियमित रुपमा जस्तोसुकै परिस्थितिमा पनि कार्यक्रमलाइ जारी  राखेको भन्दै सहयोग गर्ने पर्तिबद्धता जनाए । कार्यक्रममा संघका सल्लाहकार सुरेन्द्र साक्य , सल्लाहकार भिमसेन श्रेष्ठ  राजु रसाइली लगायतले रक्तदानको महत्त्वको विषयमा चर्चा गरेका थिए । संघका कोषअध्यक्ष दिपक अधिकारिले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको  सहजीकरणमा कार्यक्रम गर्नुपाउनु  संघको गौरवको कुरा भएको बताए । निषेधाज्ञाको क्रममा  अस्पतालमा रगतको अभाव हुन नदिन संघ र रक्त संचार केन्द्र बुटवलसंग समन्वय गर्ने निर्यय भएको थियो ।

कमेन्ट गर्नुहोस्