लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा विदेश अध्ययनका लागि किन रोज्ने एसीएम ग्लोबल?

IMG

अस्ट्रेलिया, यूके, क्यानाडादेखि जर्मनीसम्म अध्ययनका लागि एकीकृत सेवा

बुटवल। विदेश अध्ययन (Study Abroad) गर्ने नेपाली विद्यार्थीहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ। तर सही देश, उपयुक्त विश्वविद्यालय, भरपर्दो शिक्षा परामर्श र विद्यार्थी भिसा प्रक्रियाबारे स्पष्ट जानकारी नहुँदा धेरै विद्यार्थी अन्योलमा पर्ने गरेका छन्। यस्तो अवस्थामा बुटवलको फाइनान्स चोक–मिलनचोकस्थित एसीएम ग्लोबल (ACM Global) ले विद्यार्थीहरूको शैक्षिक योग्यता, रुचि, बजेट र भविष्यको करियर लक्ष्यअनुसार व्यक्तिगत शैक्षिक परामर्श तथा विद्यार्थी भिसा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको एसिएम बुटवलका संचालक आनन्द भुसालले जानकारी दिनुभएको छ।


विदेश अध्ययनको सम्पूर्ण प्रक्रिया एउटै स्थानबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा रहेको एसीएम ग्लोबलले अस्ट्रेलिया, बेलायत (यूके), क्यानाडा, न्युजिल्याण्ड, अमेरिका (यूएसए), दक्षिण कोरिया, फिनल्याण्ड, स्विडेन तथा जर्मनी लगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको संचालक भुसालको भनाई छ।


विदेश अध्ययनका लागि कुन-कुन देशमा अवसर?

विद्यार्थीको शैक्षिक पृष्ठभूमि, अंग्रेजी भाषाको क्षमता, आर्थिक अवस्था तथा करियर लक्ष्यलाई विश्लेषण गरेर एसीएम ग्लोबलले उपयुक्त देश, विश्वविद्यालय र अध्ययन कार्यक्रम छनोट गर्न सहयोग गर्दछ।संस्थाले विशेष रूपमा अस्ट्रेलिया, यूके, क्यानाडा, न्युजिल्याण्ड, अमेरिका, दक्षिण कोरिया, फिनल्याण्ड, स्विडेन र जर्मनी मा उच्च शिक्षाका लागि परामर्श तथा आवेदन प्रक्रिया सञ्चालन गर्दै आएको छ।


विद्यार्थी भिसा (Student Visa) का लागि सम्पूर्ण सहयोग

एसीएम ग्लोबलले मुख्य रूपमा विद्यार्थी भिसाका लागि आवश्यक सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत—

करियर काउन्सिलिङ

देश तथा कोर्स छनोट

विश्वविद्यालय आवेदन

आवश्यक कागजात तयारी

विद्यार्थी भिसा आवेदन प्रक्रिया

IELTS/PTE सम्बन्धी मार्गदर्शन

प्रि–डिपार्चर ओरियन्टेसन

विदेश पुगेपछिको आवश्यक परामर्श

जस्ता सेवाहरू एउटै स्थानबाट उपलब्ध हुने संस्थाले जनाएको छ।


विदेश पढ्न कति खर्च लाग्छ?

विदेश अध्ययनको लागत एउटै हुँदैन। देश, विश्वविद्यालय, अध्ययन कार्यक्रम, ट्युसन शुल्क तथा बसोबास खर्चका आधारमा लागत फरक-फरक हुने भएकाले एसीएम ग्लोबलले प्रत्येक विद्यार्थीको बजेट अनुसार उपयुक्त विकल्प सिफारिस गर्ने गरेको जनाएको छ।


नेपाल र अस्ट्रेलियासम्म शाखा विस्तार

एसीएम ग्लोबलका शाखाहरू बुटवल, काठमाडौं, चितवन तथा अस्ट्रेलियाको सिड्नी मा सञ्चालनमा रहेका छन्। विद्यार्थीहरूले आफूलाई पायक पर्ने शाखाबाट प्रत्यक्ष शैक्षिक परामर्श लिन सक्ने व्यवस्था रहेको संस्थाले जनाएको छ।


बुटवलबाट विदेश अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढ्दो

संस्थाका अनुसार पछिल्ला वर्षहरूमा बुटवल तथा आसपासका क्षेत्रका विद्यार्थीहरूको विदेश अध्ययनप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ।विशेषगरी रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट विद्यार्थीहरू नियमित रूपमा परामर्शका लागि आउने गरेका छन्। उनीहरूको रोजाइमा अस्ट्रेलिया, यूके, क्यानाडा, दक्षिण कोरिया तथा न्युजिल्याण्ड प्रमुख गन्तव्य बनेका छन्।


विदेश अध्ययनअघि यी विषयमा ध्यान दिन सुझाव

विद्यार्थीहरूले विदेश जानुअघि निम्न विषयमा विशेष ध्यान दिनुपर्ने एसीएम ग्लोबलको सुझाव छ।

अध्ययनलाई पहिलो प्राथमिकता दिनु।

सम्बन्धित देशका भिसा नियमहरूको पूर्ण पालना गर्नु।

आधिकारिक र सही जानकारीका आधारमा मात्र निर्णय गर्नु।

आर्थिक तथा समय व्यवस्थापनमा विशेष ध्यान दिनु।

विश्वविद्यालय छनोट गर्दा के हेर्ने?


एसीएम ग्लोबलका अनुसार विश्वविद्यालय छनोट गर्दा निम्न पक्षहरू महत्त्वपूर्ण हुन्छन्।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता तथा र्याङ्किङ

कोर्सको गुणस्तर

शुल्क तथा छात्रवृत्तिको अवसर

अध्ययनपछि रोजगारी तथा करियर सम्भावना

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सहयोग प्रणाली

नयाँ विद्यार्थीका लागि कुन देश उपयुक्त?


हरेक विद्यार्थीको आवश्यकता फरक हुने भएकाले एउटै देश सबैका लागि उपयुक्त नहुने एसीएम ग्लोबलको भनाइ छ। विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक क्षमता, भाषा दक्षता तथा भविष्यको लक्ष्यको आधारमा उपयुक्त देश छनोट गर्नुपर्ने भएकाले विशेषज्ञसँग परामर्श गरेर मात्र निर्णय लिन संस्थाले सुझाव दिएको छ।विदेश अध्ययनको सपना देखिरहेका विद्यार्थीका लागि अनुभवी परामर्शदाता, व्यवस्थित प्रक्रिया, व्यक्तिगत काउन्सिलिङ तथा निरन्तर सहयोगका कारण एसीएम ग्लोबल बुटवल धेरै विद्यार्थीहरूको रोजाइ बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्