लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बंगलादेशबाट आएको मल बुधबार नेपाल आउने

IMG

२०७७ फागुन १८ गते, तिलोत्तमा। सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलको पहिलो खेप बुधबार कोलकात्ताबाट नेपालतर्फ हिडाइँने भएको छ । पहिलो खेप अन्तरगत २२ हजार ५ सय मेट्रिकटन मल बुधबार रेलमा लोड भएर नेपालतर्फ आउने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ ।


बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो खेप कोलकात्ता भोली रेलमा लोड हुने कम्पनीका प्रबन्ध सञ्चालन नेत्रबहादुर भण्डारीले बताए ।बल्क कार्गोमा ल्याइएको मल आइतबार नेपाल  आइपुग्ने उनको भनाइ छ । कोलकात्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ ।भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ ।


बंगलादेशसँग सरकारले ५० हजार मेटि्रकटन युरिया मल खरिद गर्ने प्रक्रिया गत भदौंमा सुरु गरेको थियो ।भदौ १६पछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो । बाँकी २७ हजार ५ सय मेटि्रकटन युरिया पनि १५ दिनपछि बंगलादेशको चटगाउँ पोर्ट भएर भित्रिने कम्पनीले जनाएको छ ।हाल कम्पनीसँग ९ हजार ४३८ मेट्रिकटन युरिया, ३० हजार ६७१ मेट्रिकटन डीएपी र ६ हजार ६७९ पोटास मौज्दात रहेको र मलको कुनै अभाव नरहेको दाबी कम्पनीको छ ।

कमेन्ट गर्नुहोस्