
तिलोत्तमा २०७७ माघ १३। लामो समयदेखि प्रतीक्षाको विषय बनेको रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमाको मंगलापुर–कान्छिबजार सडक स्तरोन्नतीको काम अघि बढ्ने गरी शहरी शासकीय तथा पूर्वाधार आयोजनाको प्रोजेक्ट लञ्च भएको छ । संघीय सरकार र विश्व बैंकबीच भएको सम्झौताअनुसार बुधबार तिलोत्तमा सहित मुलुकका ३३ नगरपालिकामा यो प्रोजेक्ट लञ्च भएको हो । अनलाइन माध्यमबाट गरिएको प्रोजेक्ट लञ्च कार्यक्रममा संघीय सरकार, विश्व बैंक तथा स्थानीय सरकारका प्रतिनिधिहरुले सहभागिता जनाउनुभएको थियो ।
तिलोत्तमा नगरपालिकामा यो आयोजनाले पहिलो चरणमा मंगलापुर–कान्छीबजार सडक नमूनाको रुपमा स्तरोन्नतीको काम गर्नेछ । स्थानीय जनप्रतिनिधिहरुको विशेष सक्रियतामा राइट अफ वे ४३ फुट कायम गरिएको यो सडकको लम्बाई ८ दशमलव ६ किलोमिटर छ । परियोजना अनुसार विश्व बैंकले पहिलो चरणमा ९२ करोड खर्चिनेछ । परियोजनाअन्तर्गत् विश्व बैंकले यो सडकपछि प्राथमिकताको आधारमा अन्य सडकमा पनि लगानी गर्ने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ। बुधाबार बिहान सम्पन्न अनलाइन माध्यमबाट गरिएको प्रोजेक्ट लञ्च कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, प्रवक्ता सुरेन्द्र श्री, सो सडकखण्डका वडाध्यक्षद्धय दुर्गाप्रसाद पाण्डेय, नारायण न्यौपाने, योजना प्रमुख प्रदीप वनलगायतको सहभागिता थियो । सो प्रोजेक्ट लञ्च कार्यक्रम पश्चात अब भने तिलोत्तमाको मंगलापुर–कान्छीबजार सडक नमूनाको रुपमा स्तरोन्नती हुने पक्का भएको छ।
कमेन्ट गर्नुहोस्