
माघ ७, २०७७ तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा-१ मा रहेको अम्बानी त्रिरत्न सप्लायर्सले सडक मर्मतको लागि ७५ हजार आर्थिक सहयोग गरेको छ। तिलोत्तमा-२ शंकरनगर दुर्गादत्त मावि शारदा स्कुलस्थित पशुपति पथ मर्मत सम्भारको लागि भन्दै सप्लायर्सले नगद सहयोग गरेको हो। सप्लायर्सका प्रबन्ध निर्देशक शोभाखर पाण्डेले वडा नम्बर-२ का वडाध्यक्ष दधिराम गौतमलाई सोमबार ७५ हजारको चेक हस्तान्तरण गरे।
नेपालका लागि अम्बानी ब्राण्डको आधिकारिक बिक्रेता रहेको सप्लायर्सले सामाजिक उत्तरदायित्व अन्तर्गत बाटो मर्मतको लागि सहयोग गरेको पाण्डेले बताए। उहाले बाटो बिग्रियो भन्दै बाटोको सुरक्षा र मर्मतको बिषयमा हामी कहिल्यै चनाखो नभएको र खालि स्थानिय तहको बाटो मात्रै हेरिरहनु मात्र सामाजिक प्राणिको कर्तब्य नभएकोले सक्दो सहयोग बाटो मर्मतका लागि गरेको बताए ।
एउटा ब्यापारिक प्रतिष्ठानले यसरी सामाजिक काममा सहयोग गरेको भन्दै वडाध्यक्ष गौतमले सप्लायर्सलाई धन्यवाद दिए।सप्लायर्सले तिलोत्तमा रहेर विभिन्न जिल्लामा अम्बानी ब्राण्डका टायल्स, मार्वल, सेनेटेरी वेयर, धारा, डुलक्स पेन्ट आदि बिक्री वितरण गर्दै आइरहेको छ। पाण्डेले आगामी दिनमा अन्य सामाजिक कार्यमा पनि लगानी गर्दै जाने बताए।
कमेन्ट गर्नुहोस्