
माघ ७ गते २०७७ , तिलोत्तमा।सामाजिक सेवामा क्रियाशील हिमानी ट्रस्टले देवदह-४, भवानीपुरमा रहेको महामाया भवानी माध्यमिक बिद्यालयका अती विपन्न विधार्थीलाई न्यानो लुगा एवं पौष्टिक आहार प्रदान गरेको छ। स्थानिय समाजसेवी प्रितम केसी एवं माधब रिमालको उपस्थितिमा बिद्यालय प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा शिक्षक तथा अभिभावकहरुको रोहबरमा बिद्यालयका बालबालिकाहरुलाई सामाग्री प्रदान गरिएको थियो। कार्यक्रममा ट्रस्टका तर्फबाट सैजु पाण्डे भण्डारी, कृषा न्यौपाने एवं अनिल भण्डारी लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा बिध्यालयकाअ अति बिपन्न विद्यार्थीका लागि २० थान ज्याकेट, ४० थान लिटो एवं ४ थान स्लिपिङ्ग ब्याग वितरण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्