
तिलोत्तमा, ४ माघ २०७७। तिलोत्तमा नगरपालिकाको तिलोत्तमा -१५ कोटिहवामा ५ बर्षीय बालिका बलात्कृत भएकी छिन । आफ्नो घरबाट नजिकैको पसल जाने क्रममा बालिकालाई २८ बर्षीय युवकले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ। ५ बर्षीय बालिका बलात्कार गर्ने युवक कपिलवस्तु बाणगंगा -१२ का हुन । मजदुरीको लागि तिलोत्तमा नगरपालिका -१३ स्थित बभनीमा मजदुरी काम गर्दै आएका होम बहादुर बिकले बलात्कार गरेको खुल्न आएको हो।
बलात्कार गर्ने ति युवकलाई आइतबार म्याद थपको लागि जिल्ला अदालत रुपन्देही पठाइएको छ । यहि माघ १ गते बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई घर नजिकै रहेको स्थानीयको खेतको खोल्सामा अचेत अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
कमेन्ट गर्नुहोस्