लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमित क्षेत्र भुल्के र हतुवागढीमा प्रदेश सरकारका मन्त्रीहरु पुग्दै

tillotmacitynews - 2020 Apr 25 06:22 PM
IMG

कोरोना संक्रमण फैलिएको उदयपुरको त्रियुगा नगरपालिका भुल्के र भोजपुरको हतुवागढीमा प्रदेश सरकारका मन्त्रीहरु जाने भएका छन्।


११ बजे प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाका पृतनापति केहिबेरमा भोजपुर हुँदै उदयुर जाने कार्यक्रम रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।


सेनाको हेलिकप्टरबाट उहाँहरु आउने र यहाँको अवस्थाबारे अनुगमन गर्ने कार्यक्रम रहेको पुरीले बताए।


उनीहरुको साथमा अत्यवश्यक सवास्थ्य सुरक्षका उपकरण र स्वाव परीक्षणका लागि आवश्यक पर्ने भिटीएमसमेत आउने प्रमुख जिल्ला अधिकारीले बताए।


हतुवागढीमा स्वाव परीक्षण गर्ने सामग्री नहुँदा १४ जनाको मात्रै स्वाव परीक्षण गरिएको छ।


संक्रमित युवासँग घुलमिल भएका एक सय ६० जनाको स्वाव परीक्षण गर्नुपर्ने भए पनि सामाग्री अभामा परीक्षण हुन सकेको छैन।


यसैबीच कोरोना संक्रमण पोजेटिभ देखिएका हतुवागढीका युवालाई आजमात्रै बिराटनगर ल्याइँदैछ। उनलाई एम्बुलेन्समा राखेर हतुवागढीबाट पठाइसकिएको छ।


हिजो नै ल्याउने तयारी भएको भए पनि भौगोलिक विकटताका कारण उनलाई बिराटनगर पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी पुरीले बताए।


२६ वर्षीय युवामा संक्रमण देखिएपछि वडा नम्बर ६ मा पूर्णरुपमा आवात(जावतमा प्रतिबन्ध लगाइएको छ। अन्य वडाका नाका पनि बन्द गरी आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

कमेन्ट गर्नुहोस्