लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारत भ्रमणमा जाँदै नेपालका कान्छा प्रधानमन्त्री बालेन, मोदीसँग राख्दैछन् यस्ता ८ प्रस्ताव !

IMG

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको मंसिर ७ देखि ९ गतेसम्म हुने तयारी गरिएको भारत भ्रमणलाई नेपालले आर्थिक तथा पूर्वाधार विकासका महत्वपूर्ण विषय उठाउने अवसरका रूपमा लिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा बालेनले व्यापार, इन्धन, ग्यास, बन्दरगाह र सीमा पूर्वाधारसँग सम्बन्धित विभिन्न प्रस्ताव राख्ने तयारी गरिएको छ।


नेपालले भारतसमक्ष राख्न खोजेका मुख्य प्रस्ताव यस्ता छन् :

१. नेपाली उत्पादनलाई भारतमा सहज बजार : नेपाली सिमेन्ट, जुट, चिया, अलैँची, प्लाइउड र जुत्ताचप्पल भारतमा बिक्री गर्दा हुने गुणस्तर प्रमाणपत्र र अन्य झन्झट हटाउन प्रस्ताव गर्ने।

२. व्यापार सन्धि पुनरावलोकन : नेपाल–भारत व्यापार सन्धि परिमार्जन गरी नेपाली व्यवसायीलाई भारतमा सामान बेच्न सहज वातावरण बनाउन पहल गर्ने।

३. **थप दुई समुद्री बन्दरगाहको सुविधा : कोलकाता र विशाखापट्नमबाहेक धाम्रा र मुन्द्रा बन्दरगाह पनि नेपाली सामान आयात–निर्यातका लागि प्रयोग गर्न दिन माग गर्ने।

४. **नेपालमै ग्यास भण्डारण र पाइपलाइन : भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन निर्माण, ठूलो भण्डारण गृह र ग्यास भर्ने कारखाना बनाउन करिब १७ अर्ब ६० करोड रुपैयाँ बराबरको भारतीय अनुदान माग गर्ने।

५. ग्यासको अभाव हुन नदिने व्यवस्था : सर्लाहीमा १५ हजार टन ग्यास भण्डारण गर्न सक्ने तीनवटा ठूला ट्याङ्की र दैनिक १५ हजार सिलिन्डर भर्न सक्ने कारखाना निर्माण गर्ने प्रस्ताव राख्ने।

६. पेट्रोलियम पाइपलाइन विस्तार : अहिले सञ्चालनमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण अघि बढाउँदै चितवनसम्म विस्तार गर्ने विषय उठाउने।

७. दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण : कञ्चनपुरमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यास गराउने प्रस्ताव गर्ने। यसले सुदूरपश्चिमको व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा छ।

८.भैरहवा भन्सार नाका सञ्चालन : निर्माण सम्पन्न भइसकेको भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन गरी भन्सार प्रक्रिया छिटो र सहज बनाउने प्रस्ताव गर्ने।

कमेन्ट गर्नुहोस्