लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो

IMG

काठमाडौं । स्थानीय तहको चुनावको मिति बारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ ।राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई छलफलका लागि मंसिर ४ गतेका लागि डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिए । प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल छन् ।


प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् ।स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी बैशाखमा सकिँदैछ । निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न दलहरूलाई डाकेको नेपाली कांग्रेसका सभापति गगन थापाले पनि जानकारी गराएका छन् ।छठ पर्व मनाउन सर्लाही पुगेका थापा स्थानीय नेता कार्यकर्तासँग निर्वाचन आयोगले आमन्त्रण गरेको जानकारी गराएका हुन् ।

कमेन्ट गर्नुहोस्