
रुपन्देही। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल तथा माननीय प्रतिनिधिसभा सदस्य सुलभ खरेल, मन्जु भुसाल र अमृता वि.क.ले आज रुपन्देहीका विभिन्न महत्त्वपूर्ण स्थलहरूको स्थलगत अनुगमन गरेका छन् ।अनुगमन तथा अवलोकनका क्रममा उनीहरूले लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गर्दै अस्पतालको सेवा प्रवाह, भौतिक संरचना तथा आवश्यक पूर्वाधारका विषयमा जानकारी लिए ।
त्यसैगरी ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको जितगढी किल्लाको अवलोकन गरे । नेपालको इतिहास, पहिचान र गौरवसँग जोडिएको जितगढीको संरक्षण, विकास तथा पर्यटन प्रवद्र्धनका विषयमा समेत चासो व्यक्त गरेका थिए ।यसै क्रममा सैनामैना क्षेत्रका विभिन्न स्थल तथा विकास निर्माणसँग सम्बन्धित योजनाहरूको पनि अवलोकन गरिएको सांसद खरेलका स्वकीय सचिव पोषण पाण्डेले जानकारी दिनुभयो ।
बुटवल तथा रुपन्देही क्षेत्रको समग्र विकास, स्वास्थ्य सेवा, ऐतिहासिक सम्पदाको संरक्षण, पर्यटन प्रवद्र्धन तथा भौतिक पूर्वाधारको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै सम्बन्धित क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी लिने उद्देश्यले यो स्थलगत अवलोकन गरिएको रास्वपाका नेताहरुले बताएका छन् ।भ्रमणले स्थानीय आवश्यकता र विकासका सम्भावनाहरू पहिचान गरी सम्बन्धित निकायमार्फत् आवश्यक पहल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको र रुपन्देहीको विकास, समृद्धि र पूर्वाधार निर्माणका मद्दत पुग्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्