लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डन्डा नदीमा फोहोर नफाल्न सिद्धार्थ नगरपालिकालाई सर्वोच्चको आदेश

IMG

भैरहवा । रुपन्देहीको भैरहवास्थित डन्डा नदीमा फोहोर नफाल्न सर्वोच्च अदालतले सिद्धार्थ नगरपालिकाको नाममा फैसला सुनाएको छ।अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले डन्डा नदीमा फोहोर नफाल्न फैसला गरेको हो।


सर्वोच्च अदालतमा १५ चैत २०८२ मा बख्रेल र सिलवालले सिद्धार्थनगर पालिकाले नगरभित्रबाट उठाएको फोहोर डन्डामा फाल्ने गरेको र उक्त फोहोरका कारण वातावरणीय प्रदूषण भएको भन्दै रिट दायर गरेका थिए।उक्त रिटमा ४ वैशाख २०८३ गते सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। बुधबार सोही आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले फैसला सुनाएको हो।


यो फैसलासँगै सिद्धार्थनगर नगरपालिकालाई डन्डा क्षेत्रमा फोहोर फाल्न रोक लागेको छ। साथै सिद्धार्थनगरपालिकालाई उक्त फोहोरमैला अन्य ठाउँमा व्यवस्थापन गर्न, उक्त ठाउँमा फोहोर फालेमा कडा कारबाही गर्न र फोहोरमैला व्यवस्थापनका लागि अन्य आवश्यक कानुन बनाउन समेत सर्वोच्चले फैसलामा भनेको छ।

कमेन्ट गर्नुहोस्