लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुसी आक्रमणमा युक्रेनमा कम्तीमा १४ जनाको ज्यान गयो

IMG

रुसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा ९ र राजधानी किएभमा ५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।


पछिल्ला महिनाहरूमा रुसले गरेको सबैभन्दा ठूला आक्रमणहरूमध्ये यो एक हो । रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिकासहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ । यद्दपि घाइतेहरूको सङ्ख्या सार्वजनिक भएको छैन । गएको महिना रुसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा २१ जनाको ज्यान गएको थियो । यो आक्रमणको प्रतिक्रियास्वरूप रुसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।


किएभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नुभएको छ । मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रुसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ । यसबीचमा एउटा आवासीय भवनमा भएको आक्रमणमा ३ बालबालिकासहित २४ जनाको ज्यान गएको थियो । यस्तै युक्रेनले पनि रुसमाथि आक्रमण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्