लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनको संघारमा : १२ अर्ब बढी लगानीसहित विश्व बैंकसँग ऋण सम्झौताको तयारी

IMG

परसा। बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासी (बसुप) जिल्ला समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ ।सहरी विकास मन्त्रालयमार्फत अगाडि बढाइएको यस बहु क्षेत्रीय परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भई अन्तर्राष्ट्रिय दातृ निकाय वल्ड बैकको मुख्यालयमा पुगेको छ ।१२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी अनुमानित लागत रहेको यस परियोजनामा  विश्व बैंक र एसियन डेभलपमेन्ट बैंकले सहकार्य र लगानीका लागि सकारात्मक प्रतिबद्धता जनाइसकेका छन् । नेपाल सरकार र विश्व बैंकको संयुक्त टोलीले अध्ययन सम्पन्न गरी प्रारम्भिक प्रतिवेदन विश्व बैंक मुख्यालयमा पठाइसकेको छ ।

कमेन्ट गर्नुहोस्