
कुञ्ज पार्क । पछिल्लो समय रुपन्देहीको तिलोत्तमा वडा नम्बर-६ कुन्जलापुरमा अबस्थित कुञ्ज पार्कमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ। बिग योजनाको रुपमा रहेको म्युजिकल फ़ाउटेन तथा नाइट पार्कको रुपमा अघि बढ्दै गएको पार्कको सो को निर्माण तिब्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, हरियाली वातावरण तथा मनोरञ्जनका विविध संरचनाका कारण पार्क पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको स्थानीयवासीहरू बताउँछन्।विशेषगरी बिदाका दिन तथा सार्वजनिक बिदाका अवसरमा पार्कमा घुम्न आउनेको संख्या बढेको कुञ्ज पार्कका लोक पुनले बताउनुभयो।
परिवारसहित घुम्न आउने, फोटो तथा भिडियो खिच्ने र मनोरञ्जन गर्ने, सामाजिक संघ संस्था र समुहका पिकनिक, भेटघाट, साधारण सभा , तथा अन्य कार्यक्रम गर्ने पर्यटकहरूको चहलपहलले पार्क क्षेत्र दिनप्रतिदिन सक्रिय बन्दै गएको पुनको भनाई छ।स्थानीय व्यवसायीहरूका अनुसार पर्यटक आगमन बढेसँगै साना व्यवसाय, खानपान तथा सेवामूलक गतिविधिहरूमा समेत सकारात्मक प्रभाव परेको छ। पार्क व्यवस्थापन पक्षले सरसफाइ, सुरक्षा तथा पूर्वाधार व्यवस्थापनमा थप ध्यान दिइएको जनाएको छ।पर्यटकहरूको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पार्क क्षेत्रमा थप मनोरञ्जनात्मक संरचना तथा सुविधाहरू विस्तार गर्ने योजना समेत अघि बढाइएको बताइएको छ।
कमेन्ट गर्नुहोस्