लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही–३ : स्व: दिपक बोहोराको बिरासत जोगाउन पाइलट गौरव बोहरा चुनावी मैदानमा

IMG

भैरहवा। जतिबेला रुपन्देहीमा बिकास नै भएको थिएन , पानी, बिजुली, दाउरा बाल्न, र चुलो चौको संचालन गर्न समेत कठिन थ्यो। त्यो परिस्थितिमा दिपक बोहोरा दिप झैँ बल्दै राजनीतिको मैदानमा आए। उले बुटवल तिलोत्तमा र भैरहवामा बस्ति बसाउने मात्रै नभई तिनीहरुका आधारभूत आवश्यकता समेत पुरा गर्दै गए । त्यसको फलस्वरूप उनका अगाडीपछाडी राजनीति संगै हिड्यो अन्तत : उनि एक बिकासको पर्यायबाची नेता भनेर चिनिन थाले। रुपन्देही क्षेत्र नम्बर ३ बाट २०७० र २०७९ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहरा निर्वाचित हुनुभयो । २०७९ सालमा तत्कालिन गृहमन्त्री तथा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गर्दै बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । 


कोराना संक्रमित भएपछि उहाँलाई घाँटीमा समस्या देखियो । त्यसपछि उहाँ बोल्न सक्नुभएन । तर, त्यसका बाबजुद पनि चुनावी मैदानमा होमिनुभयो । मतदातासमक्ष एक शब्द पनि नबोली उहाँ विजयी हुनुभयो । पटकपटक मन्त्री बन्नुभएका बोहराको २०८१ साल चैत १९ गते निधन भयो । स्वर्गीय बोहरालाई ‘विकासप्रेमी नेता’को रुपमा चिनिन्छ। रुपन्देहीको विकासका लागि पार्टी भन्दा माथि उठेर काम गर्नुभएको बोहरालाई सबैका साझा नेताको रुपमा पनि चिनिन्छ ।निर्वाचनमा दीपक बोहरालाई जिताउन नेता, कार्यकर्ता, शुभेच्छुक, स्थानीयसहितउहाँको दुई छोरा क्याप्टेन गौरव बोहरा र प्रज्ज्वल बोहरा खटिनुभएको थियो । दुवै छोराहरु अहिले बाबुको विरासत जोगाउन चुनावी मैदानमा उत्रिनुभएको छ । रुपन्देही क्षेत्र नम्बर १ मा छोरा प्रज्जवल र ३ मा गौरव उम्मेदवार बन्नुभएको छ । 


आगामी फागुन २१ ग्ते हुो प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाकोतर्फबाट उम्मेदवार बन्नुभएका क्याप्टेन गौरव बोहरा बुद्ध एअरको सिनियर पाइलट हुनुहुन्छ । अघिल्ला निर्वाचनमा बाबुलाई जिताउन खटिनुभएका गौरव यसपटक भने आफै उम्मेदवार बन्नुभएको छ । उहाँ निर्वाचन जितेर संघीय संसद् छिर्ने दाउमा हुनुहुन्छ ।तपाईको उम्मेदवार किन भन्ने प्रश्नमा उहाँको जवाफ छ–‘विशेष गरी यहाँका कृषक, उद्योगी–व्यवसायीको समस्या, निर्माणसम्पन्न भइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमानका लागि पहल गर्ने प्रमुख एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको छु । सम्पूर्ण मतदाताको साथ र सहयोगको अपेक्षा राखेको छु ।’ आफू नागरिक उडड्यन क्षेत्रमा कार्यरत रहदा पनि जनताको सेवामा निरन्तर लागेको बताउनुभयो ।


उहाँले भन्नुभयो–‘ ३० वर्ष नागरिक उडड्यन क्षेत्र काम गरे । बुवाले धेरै विकासका कार्यहरु गर्नुभयो । बुवाले गरेको कामलाई निरन्तरता दिन म फिल्डमा आएको छु ।’ अबको जिम्मेवारी मेरो काँधमा आएको छ । बुवाले देखाउने भएको मार्गमै अगाडि बढ्नेछु ।’ उहाँले बुवाका अधुरा सपना पूरा गर्न र युवाहरूमा उत्साह भर्न उम्मेदवारी दिएको खबरपात्रोलाई बताउनुभयो ।२०७९ सालको निर्वाचनमा राप्रपाका बोहरा दीपक बोहरा ३६ हजार ७ सय १७ मत प्राप्त गरी विजयी हुनुभएको थियो । बोहरासँग पराजित तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ कूल १ लाख ४० हजार ३५ मतदाता छन् भने यसपटक ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


कमेन्ट गर्नुहोस्