लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको बनबाटिकामा उद्यान महासंघको प्रथम साधारणसभा, विशिष्टिकरणमा जोड

IMG

तिलोत्तमा, शंकरनगर । पर्यापर्यटनको विकास र आर्थिक समृद्धिको लक्ष्यसहित स्थापना भएका देशभरका उद्यानहरूको साझा संगठन नेपाल उद्यान महासंघको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रम एक समारोहबीच पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै उद्यानको विकाससँगै त्यसलाई विशिष्टिकृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।उद्यान समुदायको हरेक उमेर समुहका मानिसलाई उपयोगी हुने उनले तर्क दिए । 


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवि चौधरीले पार्कलाई ब्यवस्थित गर्न सके पर्यटन विकासमा टेवा मिल्ने बताईन । स्थानिय सरकार पार्क विकासमा आवश्यकता अनुसार सहयोग गर्दै आएको उनले बताईन । भिजिट लुम्बिनी, स्टे तिलोत्तमा नारासमेत अघि बढाएको उनले बताए । कार्यक्रममा रुपन्देही जिल्ला वन डिभिजन कार्यालयका डिएफओ प्रविण विडारीले सामुदायिक वनमा निर्माण भएका पार्कहरुको स्वामित्व र पूर्वाधार निर्माणमा देखिएका समस्याबारे प्रकाश पारे। सामुदायिक वन वा छुट्टै स्वामित्व दिने भन्ने विषयमा धेरै मुदाहरु पर्दै आएको उनले बताए । अर्कोतर्फ वन क्षेत्रमा रहेका पार्क सौन्दर्यीकरणको नाममा कंक्रिटको पूर्वाधार रोक्नुपर्ने उनले तर्क दिए ।


कार्यक्रममा नेपाल उधान महासंघका सल्लाहकार दल बहादुर गुरुङले संस्थागत परिचय र अभिमुखिकरण र महासचिव युवराज घिमिरेले पार्क संचालन र ब्यवस्थापन सम्बन्धि अवधारणा कार्यपत्र प्रस्तुत गरेका थिए । देशभरका उद्यानहरुलाई संगठित गर्दै शुरु भएको यात्राको क्रममा भएको उचारचढावबारे प्रकाश पार्दै महासंघका अध्यक्ष खेम लुईटेलले उद्यान ब्यवस्थापनमा भएका चुनौतीलाई समाधान गर्ने गरि संस्थागत रुपमा आफुहरु अघि बढेको बताए ।दुई दिनसम्म चल्ने अधिवेसनमा देशभरिकै ११६ संस्थाका दुई सय बढी प्रतिनिधिहरु सहभागिता रहेको महासंघका महासचिव बेल प्रसाद शर्माले बताए ।

कमेन्ट गर्नुहोस्