लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पशुपति माविमा ‘विद्यार्थीसँग प्रमुख प्रशासकीय अधिकृत कार्यक्रमको अन्तरक्रिया

IMG

कोटिहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ स्थित पशुपति माध्यमिक विद्यालयमा बालबालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग प्रश्न गर्ने कार्यक्रम सुरु भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीद्वारा आयोजना गरिएको उक्त ‘विद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रममा सहभागी बिद्यार्थीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई विद्यालय जीवन, संघर्षका कथा, मिहिनेतके  फल, इमान्दारिता र विद्यार्थी अनुशासनका बारेमा प्रश्नोत्तर गरेका थिए ।


करिब २ घण्टासम्म चलेको सो कार्यक्रममा प्रतिनिधिमूलक रुपमा केहि विद्यार्थीले ब्यबहारिक जीवन , सफलाताको सुत्र र संघर्षसगै विद्यार्थीकालागि नगरपालिकाले गर्ने कार्य र अध्ययन बिधिका बिषयमा प्रश्न सोधेका थिए भने प्रश्नको सहजीकरण तथा पुनः प्रश्न नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले गरेका थिए । करिव १ सय भन्दा बढी संख्यामा रहेका विद्यार्थीले आफ्नो मनमा लागेको कुरा निर्धक्क राखेका थिए । 


विद्यार्थी जीवनमा आइपर्ने समस्या, विद्यालयको अवस्था, सिकाईको व्यवहारिकता, शिक्षासँग जोडिएको स्वास्थ्य, भौतिक अवस्था लोकसेवाका लागि गरिने तयारीका चरण लगायतका बिषयमा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जवाफ दिएका थिए ।प्रमुख प्रशासकीय अधिकृत भुसालले आफू पनि सामुदायिक विद्यालयबाटै पढेर यहाँसम्म आएको कथा सुनाउँदै मिहिनेत, इमान्दारिता र अनुशासन संगै संघर्ष र निरन्तरताले नै विद्यार्थी लक्ष्य चुम्न सफल हुन्छन् भन्ने सन्देश दिएका थिए ।


कार्यक्रम अन्तर्गत सम्पूर्ण सामूदायिक विद्यालय र त्यसपछि निजी विद्यालयमा समेत सो कार्यक्रम लैजाने कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताए । उनले विद्यार्थीको वास्तविक समस्याको समाधान गर्न र तिनीहरुलाई व्यवहारिक ज्ञानसँगै मोटिभेसनल कक्षाका लागि सो कार्यको थालनी गरिएको बताए ।  कार्यक्रममा पशुपति माविका सह प्रधानाध्यापक चक्रपाणी बस्यालसंगै कक्षा शिक्षकहरुको उपस्थिति रहेको थियो।


तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विद्यार्थी कार्यक्रम अन्तर्गत आज तिलोत्तमा-१५ कोटिहवामा रहेको पशुपति माध्यामिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीसँग सपना,संघर्ष र सफलता बिषयमा करिव ४ महिना अघि तिलोत्तमा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा आउनुभएका खुमलाल भुसालसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो । कार्यकममा तिलोत्तमा नगरकार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक रबि सेन्चुरिले ब्यबाहारिक हुन र जिबनमा अगाडी बढ्नका लागि असल सिकाइ आबस्यक रहेको बताउनु भयो।


कमेन्ट गर्नुहोस्