लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तराईमा बाक्लो हुस्सु र कुहिरो : उच्च पहाडी र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

IMG

बुटवल। आज देशका उच्च पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च क्षेत्रमा कतै-कतै हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।मौसमविद् गोबिन्द झाका अनुसार भाेलि र पर्सि पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै तराईका धेरै ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।


अझै केही दिन तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै रहने सम्भावना छ ।तराईमा बढेको चिसोले जनजीवन प्रभावित हुँदै आएको छ । तर महाशाखाले शीतलहरको आधिकारिक घोषणा भने गरिसकेको छैन । काठमाण्डौ उपत्यकामा अहिले बिहान हुस्सु लागे पनि दिउँसो मौसम सफा रहनेछ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएको छ ।

कमेन्ट गर्नुहोस्