
ड्राइभरटोल। नेपाली कम्युनिष्ट पार्टीका नेता देव प्रसाद गुरुङ – कम्युनिष्ट आन्दोलनलाई विघटन र बिसर्जनबादी बिचलित चिन्तन त्यागेर बिप्लव , जनार्दन र घनश्याम भुसाललाई आत्मआलोचित भई कम्युनिष्ट आन्दोलनमा जोडीन आव्हान गर्नु भएको छ ।जनार्दन बिप्लवको चिन्तनमा बिचलन आएकाले कम्युनिष्ट एकतामा नआएको बताउनु भयो । पुर्ब माओवादी घटकहरु संग पनि छलफल भएको बताउनु । बाम मोर्चा बनाएर जाने बताउनु भयो ।संकीर्णबादी धार मसाल आदि लाई पनि जोडर लैजाने बताउनु भयो ।
संविधान कोमामा रहेकाले निर्वाचन मार्फत त्यसलाई सकृय बनाउन आवश्यक रहेको बताउनुहुँदै उहाँले नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प रहेको बताउनु भयो ।नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको एकता घोषणा सभालाई आज रुपन्देहीमा सम्बोधन गर्नु हुँदै नेता गुरुङले जेन्जी आन्दोलनको आडमा देशीविदेशी चलखेल गरेकोमा रास्ट्रपति मार्फत जनताको तागतले राष्ट्र बचेको बताउनु भयो । मुलुकलाई बचाउन कम्युनिष्ट घटक र गैर कम्युनिष्ट सबै मिलेर प्रतिनिधि सभाको निर्वाचन सफल बनाउनु पर्ने बताउनु भयो । ” गैर कम्युनिष्ट पार्टीसंग सहकार्य र कम्युनिष्ट पार्टी बिच एकता जरुरी छ ।” उहाँले भन्नु भयो- निर्वाचन भएन भने देशमा संकटकाल घोषणा हुनेछ । नेपाल सेकेन्ड उक्रेन बन्नबाट बचाउनु पर्छ ।”
मुलुकको निमित्त अभिभावकको जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीमा आएको बताउनु हुँदै उहाँले साम्राज्यवादीले मुलुकलाई द्वन्दमा लैजान चाहेकाले हामीले शान्तिको एजेन्डा लिएको बताउनु भयो ।
प्रचण्ड र माधवको नेतृत्व र समाजबादी क्रान्तिको विकल्प नभएको बताउदै उहाँले आत्मनिर्भर अर्थतन्तको जग बसाउदै समाजबादी क्रान्तिको लागी तत्कालीन कार्यक्रम भएको बताउनु भयो ।त्यसै गरि नेता चक्रपाणि खनाल (बलदेव)- कम्युनिष्ट पार्टीमा दुई धुर्बमा बाडिएको बताउदै उहाँले बिप्लव, जनार्दन सबै ओली धुर्बमा जाने बताउनु भयो । उहाँले कम्युनिष्ट एकता अपरिहार्य रहेको बताउनु भयो ।नेता सोम प्रसाद पाण्डेले नेपाली कम्युनिष्ट पार्टी एक स्वरुप तयार भएको यसले जनताको खास नेतृत्व र सेवा गर्ने बताउनु भयो । मुलुकको हित नचाहनेले एकताको गलत प्रचार गरेको बताउनु भयो । उहाँले भन्नु भयो -। सामाजिक न्याय सहितको संमृधिको लागी एकता हो । मुलुकको हित नचाहनेले भ्रम फैलाएका छ्न । कम्युनिष्ट बिरोधिहरु भयभित भएका छ्न ।”
नेपाली विशेषताको समाजवाद पार्टीको अन्तिम लक्ष्य र गन्तव्य भएको बताउदै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई निष्कर्ष बिन्दुमा पुर्याउन सकिने बताउनु भयो ।नेता हकिकुल्लाह खानले जनबादी क्रान्ति सफल नसकेका कारण कै दलाल पुजीवादीले सरकार चलाएको बताउनु भयो । ब्यक्तिबादी चरीत्र त्याग्नु पर्छ । घोषित मितिमा निर्वाचन हुन बाताबरण सिर्जना गर्न जेन्नी अगुवालाई सचेत हुन आग्रह गर्नु भयो ।नेता सुदर्शन बरालले राष्ट्रिय स्वाभिमानलाई उचो राक्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सार्थक तुल्याउन एकता आवस्यक भएको बताउनु भयो । एकता घोषणा कार्यक्रममा जिल्ला पालिका स्तरका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्