लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने

IMG

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् ।अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सँगै जानेछन् ।‘जाने तयारी भएपछि हामीले तयारी थालेका छौं । मन्त्रालयले गर्नुपर्ने तयारी अघि बढाएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।महासभामा के विषय उठाउने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पनि चासो व्यक्त भएको परराष्ट्र स्रोतले बतायो ।प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।यसअघि गत ३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा सहभागी हुनका लागि स्वीकृति दिएको थियो ।


पछिल्लो पटक रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाह पनि सभामा सहभागी हुन जान लागेको स्रोतको भनाइ छ ।प्रधानमन्त्री शाह आफैं उपस्थित भएर उक्त सभामा जलवायुको विषय उठाउनपर्ने माग पछिल्लो समय बढेको थियो । जलवायु संकटकै कारणले नेपालले ठूलो क्षति व्यहोरेको पृष्ठभूमिमा यो सभालाई प्रयोग गरेर नेपालले आफूमाथि न्याय माग्नपर्ने माग उठ्दै आएको छ ।

कमेन्ट गर्नुहोस्