
भलुही। लुम्बिनी फ्रेन्ड सर्कलले देवदहको भलुही स्थित गौशाला परिसरमा वृक्षारोपण गरेको छ। सर्कलका युवाहरुको सहभागितामा अन्तर्राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर रुख बिरुवा रोपौ स्व्च्छ बाताबरण शृजना गरौ भन्ने उदेश्यका साथ् सो वृक्षारोपण गरिएको सर्कलका अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो। रुपन्देहीको देबदह-१० भलुही स्थित कामधेनु गौशाला परिसरमा करिब २ सय ५० भन्दा बढी विभिन्न प्रजातीका बिरुवा रोपिएको अध्यक्ष न्यौपानेले बताउनुभयो।
वृक्षारोपण कार्यले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागीहरूले वृक्षारोपणसँगै वन संरक्षण तथा संवर्धनमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमको लागि डिभिजन वन कार्यालय रुपन्देहीबाट बिरुवा ल्याएर सो स्थानमा हरियाली कायम गर्न तथा स्थानीयको जीवनस्तर उकास्न र बढ्दो तापक्रमलाई न्यूनीकरण गर्नको लागि वृक्षारोपण अत्यावश्यक रहेको अध्यक्ष न्यौपानेले बताए। उहाँले आगामी दिनमा समेत निरन्तर रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभएको छ।कार्यक्रममा सर्कलका सबै पदाधिकारी तथा सदस्य एबम सल्लाहकारहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्