
कोटिहवा। लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको आयोजनामा तिलोत्तमा-१५ का मुख्य चोक तथा हाइवेको दायावाया खाली रहेको जमिनमा शनिबार वृक्षारोपण गरिएको छ । नगरको कोटीहवाचोकदेखि मधवलियासम्मको खाली क्षेत्रमा अमला, आकाशेबेली, गुलमोहर लगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको क्लवका अध्यक्ष लायन निर्मल भण्डारीले जानकारी दिनुभयो ।
क्लवको वार्षिक कार्ययोजना अन्र्तगत आयोजना गरिएको वृक्षारोपण कार्यक्रमलाई संबोधन गर्दै नगरप्रमुख रामकृष्ण खाडले नगरलाई स्वस्थ्य, हराभरा एव सुन्दर बनाउन यस्ता कार्यक्रम फलदायी सावित हुने बताउनुभयो । कार्यक्रममा बोल्दै उद्योगपति तथा समाजसेवी बसन्त रोका क्षेत्रीले नयाँ बिरुवाहरु रोप्दा आयआर्जन गर्न सकिने विरुवाहरु रोप्नु आजको मुल आवश्यकता बताउनुभयो ।
लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवा शाखा बर्ष २०२५/०२६ का अध्यक्ष निर्मल भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा वडा न १३ का अध्यक्ष नारायण ढकाल, वडा सदस्य केशव भण्डारी, डिष्ट्रिक ३२५ पी एरिया चिफ प्रशान्तमणि रामदाम, जोन ४० जोनचेयर पर्सन भोजराज बस्याल, डीएल सीआई एफ कोअर्डिनेटर एमजेएफ लायन अर्चित क्षेष्ठ, क्लवका संस्थापक अध्यक्ष लायन कमलप्रसाद पराजुली, पुर्व अध्यक्ष लायन तारा प्रसाद छन्तेल, लायन शिव प्रसाद बस्याल, विष्णु प्रसाद पराजुली, निर्वतमान अध्यक्ष तुलबहादुर सरागँकोटी पवन लगायतको सहभागिता रहेको थियो । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायतको सहभागिता रहेको कार्यक्रममा लियो क्लव अफ मिड टाउन कोटीहवाका अध्यक्ष लियो शनि बन्जाडेको स्वागत र लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाका सचिव लायन नारायण भण्डारीको सच्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्