
तिलोत्तमा।करहिया सामुदायिक बन क्षेत्रभित्रको खाली जग्गामा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार डिभिजन वन कार्यालय रुपन्देही, तिलोत्तमा सव वन डिभिजन कार्यालय तथा करहिया सामुदायिक बन उपभोक्ता समुह ८ को संयुक्त आयोजनामा बन क्षेत्रभित्र खाली रहेको करीब ४ हेक्टर क्षेबफलमा टिक, जामुन तथा गोलमोहर जातका करीब ६४ सय विरुवा रापिएको करहिया सामुदायिक बनका अध्यक्ष हरिलाल पाण्डेले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवंं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले बृक्षारोपणलाई अभियान कै रुपमा अगाडी बढाउन करणि सामुदायिक वनलाई आग्रह गर्नुभयो । वहाँले करहिया सामुदायिक बनले बोटानिकल गार्डेनको निर्माण गरेकोमा खुशी ब्यक्त गर्दै नगरपालिकाबाट आवश्यक बजेटको प्रबन्ध गरिने बताउनुभयो ।
बाईट
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत सुदन धिमालले करहिया सामुदायिक वनको प्रगति लोभलाग्दो रहेको बताउनुभयो । वहाँले समुदायलाई साथै लिएर बृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गर्दा त्यसले समुदायमा असल अभ्यासको उदाहरण पेश गरेको बताउनुभयो ।करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले डिभिजन बन कार्यालयको बार्षिक निति अनुसार बृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । वहाँले झाडी भएको बा क्षेत्रलाई सफा गरेर बृक्षारोपणका लागी तयार पारिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बनका सल्लहकार यज्ञ गैरेले करहिया बन क्षेत्रलाई आय आर्जन र पर्यापर्यटनसँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सव डिभिजन वन कार्यालयका रेन्जर ध्रुव प्रसाद थारु, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, वनका सल्लाहकारहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, उपभोक्ता एवं स्थानिय लगायतको सहभागिता रहेको कार्यक्रममा बाबुराम खरेलले स्वागत र वनका सचिव बिमला गुरुगंले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्