लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बर्दियाको ठाकुरबाबामा खो-खो लिग सम्पन्न, नेचर नेष्ट टाइगर्स (ठाकुरबाबा) प्रथम

IMG

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरमा गएको चैत २४ गतेदेखि भएको खो-खो लिग चरणको खेल प्रतियोगिता सम्पन्न भएको छ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, नाराका साथ नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिकामा खो-खो लिग चरणको आयोजना भएको थियो ।पाँच दिनसम्म सञ्चालित प्रथम नेपाल खो-खो लिगमा ५ टिमबीच प्रतिस्पर्धा भएको थियो ।


लिग खेलमा नेचर नेष्ट टाइगर्स (ठाकुरबाबा) प्रथम तथा विकासप्रेमी ब्ल्याक बक (बर्दिया) द्वितीय र कन्चन गैँडहवा (रुपन्देही) तृतीय हुन सफल भएका छन्।प्रथम हुन सफल नेचर नेष्ट टाइगर्सले शिल्डसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो हुन सफल विकासप्रेमी ब्ल्याक बक (बर्दिया) ले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको खो-खो सङ्घका वरिष्ठ उपाध्यक्ष  छत्रबहादुर शाहीले जानकारी दिनुभयो ।ठाकुरबाबा नगरपालिका खो-खो खेलका लागि उर्बर भूमि मानिन्छ । २०७० सालदेखि ठाकुरबाबा नगरपालिकामा खो-खो खेलको प्रवर्द्धन गर्न शुरू गरिएको थियो ।

कमेन्ट गर्नुहोस्