लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मतदानमा सहभागी सबैमा आभार छ,मतको कदर गर्नेगरी काम गर्ने छु : नव निर्वाचित अध्यक्ष पाण्डेय

IMG

तिलोत्तमा।नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई परास्त गरि स्वतन्त्र उम्मेद्वारी दिएका मावोबादी निकटस्थ खिमलाल पाण्डेय शंकरनगर बनाबिहार तथा अनुसान्धान केन्द्रको निर्वाचनमा भारी मतका साथ् बिजयी भएका छन्।उनले गठबन्धनका उम्मेदवार ईन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पछि पारेका हुन्। त्यसो त जनमुक्तिबाट उम्मेदवार भएकी टिका आलेको ३९ मत मात्र आएको छ।  


पाण्डेयले निर्वाचनमा सहभागी भएर मत दिने सबैलाई धन्यबाद सहित आभार ब्यक्त गरेका छन्।उनले आफुलाई दिएका मत र सहभागी भएर खसालेको मतको कदर गर्दै आगामी दिनमा वनबाटिकाको उत्तरोत्तर प्रगती हुने गरि काम गर्ने बिश्वास समेत ब्यक्त गरेका छन्। वनबाटिकाको स्थापनाकालदेखि नै योगदान दिदै आएका पाण्डे र इन्जिनियर क्षेत्रबाट एमालेका कार्यकर्तासमेत रहेका खरेलबिच कडा चुनावी टकराब चलेपनि स्वतन्त्रबाट पाण्डेले सत्ता गठबन्धनको वलियो संगठनलाई उछन्नै अध्यक्ष पदमा लोकप्रिय मतले विजयी भएका छन् ।बाटिकाको आजीवन र साधारण सदस्य गरी कुल सात सय ७५ जनामध्ये छ सय ६१ जनाले मतदान गरेका थिए भने, एक सय १४ जनाले भोट हाल्न आएका थिएनन् ।


कमेन्ट गर्नुहोस्