
तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र शंकर नगर बनबाटिकाको साधारण सभा तथा अधिबेशनको तयारी भए संगै चुनावी सरगर्मी तातेको छ। सत्तारुढ दलबाट किरण खरेलको नेतृत्वमा एउटा प्यानल बनेको छ भने टिकादेवी आलेको नेतृत्वमा जनमुक्तिको अर्को प्यानल बनेको छन्। त्यसो त हालका उपाध्यक्ष खिमलाल पाण्डेले आमो समय देखि आफु यही कार्यरत रहेको भन्दै यसपाली आफुले नेतृत्व सम्हाल्न पाउनुपर्ने दिन आएको भन्दै अध्यक्षमा उम्मेदवारी दिएका छन्।
त्यसो त सचिवमा समेत किरण खरेलको प्यानल बाट हरिकला अधिकारी पाण्डे (कमला) संगै बिदुर केसीको उम्मेदवारी परेको छ भने जनमुक्ति प्यानलबाट हिरामती थापाको उम्मेद्वारी परेको छ। आफु निर्वाचित भए बनाबाटिकालाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने र संस्थाको सुशासनका लागि नियमित खट्ने गरि काम गर्ने उम्मेदवार मध्येका बिदुर केसीको भनाई छ।त्यसो त आफु सामजिक कार्य बाटै नेतृत्त्व तहमा आउन बामे सर्दै गरेकोले सबैको साझा सहयोग रहनेमा बिदुर ढुक्क छन्।
तिलोत्तमाको मुटु पर्यटकीय क्षेत्रको हरदम सफलताको लागि काम गर्ने प्रतिबद्धता सहित आफु चुनावमा होमिन आएको बिदुरको भनाई छ। स्थापनाकाल देखि बनाबाटिकालाई नियाल्दै सहयोगी भूमिका खेल्दै आएको बताउदै विदुरले अहिलेको संस्थाको चुनावमा आफुलाई मतदान गरि एउटा उर्जा शक्ति बनबाटिकामा पथाउन सबैलाई अपिल समेत गरे।
कमेन्ट गर्नुहोस्