
तिलोत्तमा।चुनावको सरगर्मी चलेसंगै शित्तल छहारीमा बस्न आन्तरिक तथा बाह्य पर्यटक जाने बनबाटिका यतिबेला तातेको छ। ३ वटा प्यानलमा फरक फरक धराणा राख्दै जितको लागि चुनावी मैदानमा होमिएका छन्।सत्ता गठबन्धनका किरण खरेलको समूह, जनामुक्तिकी टिकादेवी आलेको समूह र एक्लै चुनावी मैदानमा आएका खिमलाल पाण्डेयको उम्मेदवारीले अहिले बबनाबातिका तातेको हो। रुपन्देहीको तिलोत्तमा स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको आगामी नेतृत्वको लागि चुनावी सरगर्मी बढेको छ। यसअघिका नेतृत्व सहमतीमा चयन हुंदै आएकोमा यसपटक भने सहमतीको प्रयास सफल नभएपछि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने कसरत सुरु भएको छ।
अध्यक्ष पदका उम्मेदवार किरण खरेल नेतृत्वको समुहले पत्रकार सम्मेलन गरी आफ्नो २४ बुंदे घोषणापत्र सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा बोल्दै चार वर्षको प्रतिवद्घता पत्र सार्वजनिक गर्दै खरेलले आफूले गर्न सकिने र सम्भव हुने कामलाई मात्रै प्राथमिकता दिएको बताए।खरेलले सबै संरचना पूरा भएको वनवाटिका जस्तै नमूना पार्क नेपालमा अन्यत्र नभएको उल्लेख गर्दै बनबाटिकालाई अब पर्यटकिय क्षेत्रको रुपमा मात्र नभई अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने गरि आफुले कार्ययोजना तयार गरेको बताए।
आर्थिक पारदर्शितालाई अझै व्यवस्थीत गर्दै टिकटिङलाई अनलाईन सिस्टमबाट ब्यवस्थित ढंगले अगाडि बढाइने उनले बताए। आफ्नो टिम समावेशी भएको उनको दावी छ।कुल १४ वटा पदमा हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यक्तिहरुले सात सात पद बांडफांट गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्। कुल ७ सय ७३ जना सदस्य रहेको बनबाटिकामा खरेलको नेतृत्वमा उपाध्यक्ष्ँमा मिनप्रसाद देवकोटा, सचिवमा हरिकला अधिकारी, कोषाध्यक्षमा मनिराम भट्टराई छन्।
त्यस्तै सदस्यहरुमा मनोज खड्का, विन्दु ढकाल, सरस्वती बराल, शंकर भण्डारी, पार्वती क्षेत्री, राजुप्रसाद उपाध्याय र लक्ष्मण मल्ल छन्। त्यस्तै लेखा सुपरिवेक्षण समिति सदस्यमा विष्णु सुवेदी र मिठ्ठु कुमारी पौडेल क्षेत्रीले उम्मेवारी दिएका छन्।बनबाटिकाको नेतृत्वको लागि अध्यक्षमा खरेलसंगै वर्तमान उपाध्यक्ष खिमलाल पाण्डे र कार्यसमिति सदस्य टिकादेवी आलेले पनि उम्मेदवारी दर्ता गरेका छन्। यसअघि वर्तमान अध्यक्ष बेलप्रसाद शर्माको समेत उम्मेदवारी परेकोमा अन्तिम समयमा शर्माले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ।
रुपन्देहीको मात्र नभई देशकै उत्कृष्ट पार्कको रुपमा रहेको बनबाटिकामा वार्षिक चारलाख बढि पर्यटकहरुले अवलोकन गर्दै आएका छन्। दैनिक ३२ जना कर्मचारीले रोजगारी पाएको वार्षिक ८३ लाख रुपैयां खर्च हुंदै आएको छ। बन्यजन्तु रेस्क्यु सेन्टरमा १७ लाख रुपैयां खर्च हुंदै आएको छ। वर्षमा ४ लाख पर्यटक भित्रिने गरेका छन्।
कमेन्ट गर्नुहोस्