लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू

IMG

तिलोत्तमा।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो ।अहिले चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले पनि हप्तामा एउटा चार्टर्ड उडान गरिरहेको छ । तर हिमालय एअरलाइन्सले भने नियमित उडान थालेको हो ।पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार एक सय सात जना यात्रु बोकेर ल्हासाबाट आएको हिमालयको जहाज दिउँसो पौने २ बजे पोखरा विमानस्थलमा अवतरण भएको हो । विमान भोलि बिहान पोखराबाट ल्हासाका लागि उड्नेछ ।

कमेन्ट गर्नुहोस्