लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साउनको अन्तिम सोमबार :बाँसघारीदेवी शक्तिपिठमा भक्तजनको घुइँचो

IMG

तिलोत्तमा,साउन २८ गते २०८१।रुपन्देहीको तिलोत्तमा-६ पश्चिम पहुनीमा रहेको प्रसिद्ध धार्मिक तथा ऎतिहासिक, पुरातात्विक स्थल बाँसघारीदेवी शक्तिपिठमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि भक्तजनको घुइंचो लागेको थियो । दैनिकरुपमा वैदिक विधिपूर्वक विशेष पूजाआजा भइरहेको यस मन्दिरमा साउनको सोमबार विश्वशान्ती तथा देश र समाजमा भएका घटनामा परि मृत्युबरण गरेका आत्माको शान्तिका लागि रुद्राभिषेक,सहित शान्ति पुजा अर्चना, रुद्री तथा दुर्गा माता र शिवजीको विशेष पुजाआजाहुँदै आएको मन्दिरका उपाध्यक्ष बिष्णु प्रसाद रेग्मीले बताए।


यस क्षेत्रको महिमा बोकेको तिलोत्तमाको प्रसिद्ध धार्मिक तथा ऎतिहासिक, पुरातात्विक स्थल बाँसघारीदेवी शक्तिपिठमा ५० फित अग्लो त्रिशुल मन्दिर,बाग्लुङ्ग कालिका मन्दिर, सिद्धबाबा,नौ दुर्गा मुर्तिसहितको मन्दिर,नाग मन्दिर, हात्ती मन्दिर, समैमाई थान, लगायतका मन्दिरमा पुजा अर्चना गर्न पाइने छ। भाकल पुराहुने आश्थाको केन्द्र बनेको बाँसघारीदेवी शक्तिपिठमा रुपन्देही संगै छिमेकी जिल्ला र भारत बाट समेत भक्तजन आउने गरेका छन्। प्रचारप्रसार नभएर ओझेलमा परेको सो बाँसघारीदेवी शक्तिपिठमा रहेको बाँस काटे या त्यहाको सामाग्री कतै बाहिर लागे अनिस्ठ हुने स्थानिय मोहन आचार्यले बताउछन। भाकल पुरा भएपछी भक्तजनले मन्दिर बनाउने तथा मुर्ती स्थापना गरेकाले पनि त्यहाँको गरिमा अत्यन्त बढेर गएको छ। 


बाँसघारीदेवी शक्तिपिठमा अहिले पार्क निर्माण भैरहेको छ भने गुरु योजना बनाएर सो मन्दिरको आसपासमा पार्क सहित फ़ाउण्टेन पार्क सहित जलाधार सहितको शिव मन्दिर बनाउने योजना रहेको मन्दिरका पुजारी देवाखर काफ्लेले बताएका छन । पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ ।अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको धार्मिक मान्यता रहेको छ ।


ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरमस्थल बाँसघारीदेवी शक्तिपिठ मन्दिरमा दैनिक वैदिक विधि पूर्वक पूजा आजा गरिँदै आएको मन्दिरका अध्यक्ष देवी प्रसाद आचार्यले बताएका छन् ।सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो । सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि भक्तजनहरू मन्दिरमा पूजाआजा गरिरहेका छन् भने शनिबार र साउन महिना, चैते दशैँ , बडा दशैँ, शिवरात्रीमा मेला लाग्ने गर्दछ।  

कमेन्ट गर्नुहोस्