लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जम्मु कश्मीरमा पाँच भारतीय सैनिकको मृत्यु

tillotmacitynews - 2024 Jul 09 02:35 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २५ गते । सोमबार जम्मु कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको गाडीमाथि हमला भएको थियो । हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलापछि अहिले पूरै क्षेत्रमा खोजी अभियान चलिरहेको छ ।


यसैबिच भारतीय रक्षामन्त्री राजनाथ सिंहले सैनिकमाथि भएको चरमपन्थीहरूको हमलाप्रति दुःख व्यक्त गरेका छन् । सिंहले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘म कठुआको बदनोटामा भएको आतङ्कवादी हमलामा हाम्रा पाँच बहादुर सिपाहीहरूको मृत्युबाट दुःखी छु। शोकसन्तप्त परिवारहरूप्रति मेरो गहिरो समवेदना। यो कठिन समयमा राष्ट्र तिनीहरूको साथमा उभिएको छ। आतङ्कवाद विरोधी अभियानहरू सञ्चालन भइरहेका छन् र हाम्रा सेनाहरू यस क्षेत्रमा शान्ति र व्यवस्था कायम गर्न प्रतिबद्ध छन्।’


उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्