लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खुल्ला

IMG

काठमाण्डाै – आउँदो असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चार वटै ढोका बिहान ४ बजे नै खोलिने भएका छन् ।दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चार वटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।यसअघि महाशिवरात्रि, हरितालिका तिज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

कमेन्ट गर्नुहोस्