लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुद्ध मावलीस्थल खयरडाँडामा उत्खनन सुरु

tillotmacitynews - 2024 May 30 01:02 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ १७ गते । गौतम बुद्धको मावली विश्वास गरिएको कोलीय गणराज्यको दरबार क्षेत्र भनिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा बुधबारदेखि उत्खनन सुरु गरिएको छ ।


देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागको प्राविधिक सहयोगमा उत्खनन सुरु गरिएको हो । देवदह नगरपालिका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रूपमा कुटोले भुईँ खनेर शुभारम्भ गरेको लुम्बिनी विकास कोषले जनाएको छ । खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्त्विक स्थलहरूको उत्खनन र अन्वेषणका लागि सबै बजेट छुटाउनु पर्ने  भएको भन्दै नगरपालिकाबाट १० लाख छुट्याएको बताए ।


लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्त्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रहरूमा उत्खनन हुँदा यसले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने बताए । बजेट अभावका कारण पुरातात्त्विक स्थलहरूको उत्खनन र अन्वेषणमा हुन सकेको  थिएन । लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ५ जनाको टोली उत्खननमा खटिएको छ । पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी,चन्द्रप्रकाश पाठक,अन्तरहुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन्।उत्खनन आगामी आगामी एक महिनासम्म चल्ने जनाएको छ ।


कमेन्ट गर्नुहोस्