लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुद्धको सन्देश विश्वका लागि कल्याणकारी : राष्ट्रपति पौडेल

tillotmacitynews - 2024 Apr 07 05:22 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको सन्देश  विश्वको लागि कल्याणकारी भएको  बताउनुभएको छ। 


बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार राष्ट्रपति कार्यालयमा आइतबार भएको श्रीखण्ड तरमुल महाविहारका नवकुलपुत्रको प्रव्रज्यासम्वर कार्यक्रममा बोल्दै उहाँले विश्व शान्तिका लागि पनि यसको ठुलो महत्त्व रहेको उल्लेख गर्नुभयो । 


राष्ट्रपति पौडेलले बुद्धको उपदेश, दर्शन र वाणी समातेर जीवनलाई अगाडि बढाउन आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले नवकुलपुत्रलाई दान दक्षिणा प्रदान गर्नुभयो । 

कमेन्ट गर्नुहोस्