लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि समझ्दारी पत्रमा हस्ताक्षर

IMG

तिलोत्तमा,२०८० चैत्र १४ गते।लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केशी, एनआरएनएका पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देबदह नगरपालिकाका मेयर ध्रुब खरेल र रामग्राम नगरपालिकाका मेयर धनपत यादवले समझ्रदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।


समझदारी पत्रमा गैरआवासीय नेपाली संघले लुम्बिनी र बुद्धपरिपथको विकासको लागि नगरपालिकाहरुसँग एक भएर अघि बढ्ने, गैरआवसीय नेपाली भएका देशमा त्यहाँका नागरिकलाई लुम्बिनी भ्रमणको लागि उत्प्रेरित गर्ने उल्लेख छ । त्यस्तै बुद्ध धर्मको बारेमा विभिन्न देशमा प्रचारप्रसार गर्ने, बुद्ध दर्शन बारे अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्ने, बुद्ध दर्शन सम्बन्धि संघ संस्था तथा कुटनीतिक नियोगसँग पनि समन्वय गरेर लुम्बिनीलाई संसारसँग जोड्न पुलको रुपमा एनआरएनएले काम गर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्