लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरुको धम्मयात्रा शुरु

IMG

तिलोत्तमा,२०८० चैत्र ३ गते। बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर अर्थात अल्पकालीन  भिक्षुहरुको धम्मयात्रा आजदेखि शुरु भएको छ । उनीहरुले मायादेवी मन्दिरबाट धम्मयात्रा शुरु गरेका हुन् । यात्रा दुई दिनपछि पूरा हुनेछ  ।भिक्षुहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डाक्टर हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरु गराउनुभएको हो ।


लुम्बिनीबाट सुरु भएको धम्मयात्रा आज भैरहवा र भोलि नवलपरासीको रामग्राम पुग्नेछ । लुम्बिनीमा बुद्धशिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो ।लुम्बिनीमा गएको फागुन १६ गतेदेखि एक हजार दुई सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मानिने सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।यो प्रव्रज्या यही चैत ८ गते समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्