
तिलोत्तमा सिटी, २०८० माघ १९ गते । मुस्ताङमा साढे २ महिनापछि हवाई सेवा सञ्चालनमा आएको छ । पोखरा–जोमसोम हवाई सेवा शुक्रबारदेखि सञ्चालनमा आएको थियो । प्रतिकुल मौसमका साथै पर्यटकीय अफसिजनका कारण मङ्सिर १० गते तारा एयरलाइन्स र मङ्सिर २० गतेदेखि सुमित एयरलाइन्सले पोखरा-जोमसोम हवाई सेवा उडान बन्द गरेका थिए । जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख हिरोण शाहले शुक्रबार सुमित एयरलाइन्सले पोखरा-जोमसोमका लागि दुई वटा उडान भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हवाई मार्ग हुँदै आउने सबै भारतीय पर्यटक थिए । मुस्ताङमा पोखरा-जोमसोम हवाई सेवा सञ्चालन आएसँगै जोमसोम विमानस्थलको पर्यटकीय चहल/पहल बढेको उहाँको भनाइ छ ।
कमेन्ट गर्नुहोस्