लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोरखामा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग

tillotmacitynews - 2024 Feb 12 02:27 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २९ गते । गोरखामा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । पशु सेवा विभागकाअनुसार गोरखा जिल्लाका बंगुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको हो । योसँगै देशभर ६ वटा जिल्लामा यो रोग पुष्टि भएको हो । काठमाडौँ, ललितपुर, तनहुँ, लमजुङ, कास्की र गोरखा जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । विभागका अनुसार ‘अफ्रिकन स्वाइन फिभर’ रोग रोग बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरमा भाइरसबाट लाग्ने महामारी रोग हो । यो रोग हाल ६ जिल्लामा पुष्टि भएको छ ।


रोगको सर्भिलेन्सको निरन्तरताकै क्रममा हाल तनहुँ, लमजुङ, कास्की, काठमाडौँ, ललितपुर र गोरखा जिल्लामा यो रोग पुष्टि भएको सरकारी निकायले जनाएको छ ।  नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । 

कमेन्ट गर्नुहोस्