लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कामाख्यादेवी मन्दिरमा शनिबार आध्यात्मिक तथा धार्मिक प्रवचन हुने

IMG

तिलोत्तमा, माघ १९ गते २०८०। लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरमा शनिबार आध्यात्मिक तथा धार्मिक प्रवचन हुने भएको छ ।बुटवल नयांगाउंस्थित मुक्तिनाथ धामका ब्रम्हनिष्ठ सन्त श्री १००८ स्वामी लोकानन्दले कामाख्यादेवी मन्दिर परिसरमा बिहान ९ बजदेखि प्रवचन शुरु गर्ने लुम्बिनी केबलकारले जनाएको छ ।कामाख्या मन्दिर परिसरमा आफ्नो पहिलो प्रवचन कार्यक्रम भएकाले भक्तजनहरुलाई सहभागी हुन लोकानन्द स्वामीले आग्रह गरेका छन् ।कामाख्या देवी मन्दिरमा धार्मिक र आध्यात्मिक गतिविधि बढाउन कम्पनीले प्रवचन कार्यक्रम आयोजना गरेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।

कमेन्ट गर्नुहोस्