लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकीकृत समाजवादी लुम्बिनीका सचिव गुरुङले दिए राजीनामा

tillotmacitynews - 2024 Jan 09 08:33 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २४ गते । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको भन्दै अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा फेसबुकमा पोष्ट गरेका छन् । राजीनामा पत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनले पार्टी केन्द्रको छैठौं बैठकबाट पार्टीमा आफ्नो फरक मत रहेको उल्लेख गर्दै फरक मतको सम्बोधन नभएपछि पार्टीको सदस्यसमेत नरहने गरी लिखित राजीनामा दिएको बताए ।


गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए । तर निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

कमेन्ट गर्नुहोस्